नेपाली बजारमा शौर्य सिमेन्टको विक्री शुरू

काठमाडौं । नेपाली बजारमा नयाँ सिमेन्ट उद्योग स्थापना भएको छ । गुणस्तरीय सिमेन्ट उत्पादन गर्ने उद्देश्यका साथ शौर्य सिमेन्ट इण्डष्ट्रिजले आफ्नो उत्पादन र विक्री वितरण शुरु गरेको हो ।

 

सिराहाको मिर्चैयामा अवस्थित यस कम्पनीले ओपीसी, पीपीसी, पीएससी र लो अल्कली ४३ र ५३ ग्रेडको गरेर जम्मा चार थरिका गुणस्तरीय सिमेन्टहरु उत्पादन गर्दछ ।

 

जसमध्ये लो अल्कली सिमेन्ट उत्पादन गर्ने शौर्य सिमेन्ट नेपालमा नै पहिलो कम्पनी रहेको छ । यसले दैनिक ७००० बोरा सहित ३५०० मेट्रिकटन उत्पादनको क्षमता राख्दछ जसले देशभरिको बजार माग सजिलै धान्न सक्दछ ।

 

शौर्यले सिमेन्ट उत्पादनमा गुणस्तरीय कच्चा पदार्थको प्रयोग गर्दछ । यसको मुख्य कच्चा पदार्थको स्रोत उदयपुरको सुन जस्तो चुनढुङ्गा खानी रहेको छ । यस चुनढुङ्गामा एलुमिना र मेग्रिजियमको मात्रा एकदम कम रहेको हुनाले यसबाट उत्पादित क्लिन्कर उच्च गुणस्तरको रहने पाइन्छ । यसलाई उत्खनन् गरी ‘फोर्थ जेनेरेशन सेपरेटर’को सहायतामा सर्वाेकृष्ट गुणस्तरको सिमेन्टमा रुपान्तरण गरिन्छ ।

 

शौर्य सिमेन्ट इण्डष्ट्रिजमा नेपालको एक मात्र ‘अल्काली रिडक्शन’ प्रविधि जडित प्रक्रिया रहेको छ । जहाँ अल्काली बाइपास सिस्टमको प्रयोग भएका कारण सिमेन्टमा ऋल्काली को मात्रा कम हुन्छ जसकारण निर्माणमा स्थाइत्व कायम रहन्छ । यसैगरी यसले ग्राइण्डिङ्ग प्रक्रियामा भर्टिकल रोलर मेसिन प्रयोग गर्दछ, जुन सबैभन्दा उन्नत र उर्जा बचत गर्ने प्रविधि रहेको छ ।

 

साथै यस सिमेन्ट इण्डष्ट्रिजमा अन्तराष्ट्रिय स्तरको रोबोटिक ल्याब रहेको छ । जहाँ बिना कुनै मानवीय त्रुटि, स्वचालित रोबोटिक आमले गुणस्तरका एकरुपता कायम गरी उच्च गुणस्तरीय तथा बेस्ट क्वालिटी सिमेन्ट उत्पादन गर्न मद्दत गर्दछ ।

 

यस सिमेन्टको लक्ष्य मुलुकको ७७ वटै जिल्लामा सरल डिलरसिप मार्फत आफ्नो सेवा सुविधा पुर्याउने रहेको छ भने अहिले विस्ताको क्रममा रहेको छ । हाल यसको पहुँच देशका प्रमुख शहरहरुसम्म पुगिसकेको छ ।

लगानी कोषका कर्मचारी र बचतकर्ताले आरोग्य डाइग्नोष्टिकमा ५५ प्रतिशतसम्म छुट पाउने Read Previous

लगानी कोषका कर्मचारी र बचतकर्ताले आरोग्य डाइग्नोष्टिकमा ५५ प्रतिशतसम्म छुट पाउने

सर्वोत्तम सिमेन्ट प्रकरणमा मुछिएका बोर्ड अध्यक्ष ढुंगाना निलम्बन, छानबिन समिति गठन Read Next

सर्वोत्तम सिमेन्ट प्रकरणमा मुछिएका बोर्ड अध्यक्ष ढुंगाना निलम्बन, छानबिन समिति गठन