अझै पाइन्छ यी ३ कम्पनीको सेयर किन्दा लाभांश

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत अधिकांश कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश घोषणा गरिसकेका छन् ।

ती मध्ये सबैजसो कम्पनीले साधरणसभा सम्पन्न गरी लाभांश पनि प्रस्ताव पारित गरिसकेका छन् । नयाँ आर्थिक वर्ष लागेको ६ महिना भित्र गत वर्षको वार्षिक साधरण सभा गर्नुपर्ने कानुनी व्यवस्था छ । सो अनुसार सूचीकृत डेढ सय बढी कम्पनीले पुस मसान्त भित्रै सभा सम्पन्न गरेका थिए । बाँकी कम्पनीले पनि त्यसयता साधरण सभा गरिसकेका छन् ।

तर, हालसम्म नेपाल पुनर्बीमा इन्स्योरेन्स, सन नेपाल लाइफ इन्स्योरेन्स र सूर्योदय वोमी लघुवित्तले साधरण सभा तथा लाभांश प्रयोजनका लागि बुकक्लोज गरेका छैनन् ।  तसर्थ ती कम्पनीको सेयर किन्दा अझै लाभांश पाइन्छ ।

गत वर्षको नाफाबाट नेपाल पुनर्बीमा ४.७५ प्रतिशत बोनस र ०.२५ प्रतिशत गरी कुल ५ प्रतिशत लाभांश घोषणा गरेको छ ।

त्यस्तै, सन नेपाल लाइफले २५.५ प्रतिशत (२३.८ प्रतिशत बोनस र १.२५ प्रतिशत नगद) र सूर्योदय वोमीले १४.०७७ प्रतिशत बोनस सेयर प्रस्ताव गरेको छ ।

प्रस्तावित लाभांश सम्बन्धित कम्पनीको साधरण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउने छन् ।

नेपालका लागि कति उपलब्धिमूलक रह्यो कतारका राजाको भ्रमण ? Read Previous

नेपालका लागि कति उपलब्धिमूलक रह्यो कतारका राजाको भ्रमण ?

पर्यटन बोर्डको सीईओ छनोट प्रक्रिया अघि नबढाउन सर्वोच्चको आदेश Read Next

पर्यटन बोर्डको सीईओ छनोट प्रक्रिया अघि नबढाउन सर्वोच्चको आदेश