अब ईसेवा मार्फत एनआईसी एसिया क्यापिटलकाे नविकरण शुल्क बुझाउन सकिने

काठमाडाैं । हितग्राही खाताधारकहरुको सुविधालाई मध्ये नजर राख्दै एनआईसी एसिया क्यापिटल लिमिटेड तथा एनआईसी एसिया बैंक लिमिटेड मार्फत हितग्राही खाता खोली कारोवार गर्दै आएका खाताधारकहरुको हितग्राही खाता तथा मेरो शेयरको वार्षिक नविकरण शुल्क ईसेवा मार्फत भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको छ ।

 

हाल एनआईसी एसिया क्यापिटल लिमिटेडले शेयर रजिष्ट्रार, निष्काशन तथा बिक्री प्रबन्धक, शेयर प्रत्याभूति, लगानी व्यवस्थापन, निक्षेप सदस्य, संस्थागत परामर्श लगायतका मर्चेण्ट बैंकिङ्ग सम्बन्धी सम्पूर्ण सेवाहरु प्रदान गर्दै आईरहेको छ । साथै एनआईसी एसिया म्युचुअल फण्ड अन्तरर्गतको पहिलो योजना एनआईसी एसिया ग्रोथ फण्ड पनि संचालन गरिरहेको छ ।

कृषि उपज भण्डारणका लागि १० काेल्ड स्टोर बनाउँदै कृषि मन्त्रालय Read Previous

कृषि उपज भण्डारणका लागि १० काेल्ड स्टोर बनाउँदै कृषि मन्त्रालय

नेपाल लोक स्टारको मुख्य प्रायोजकमा ‘आईएमई’ Read Next

नेपाल लोक स्टारको मुख्य प्रायोजकमा ‘आईएमई’