नेपाल लोक स्टारको मुख्य प्रायोजकमा ‘आईएमई’

काठमाडाैं । नेपालको चर्चित रियालिटी शो ‘नेपाल लोक स्टार’को मुख्य प्रायोजन आईएमई ग्रुपले गर्ने भएको छ । मेगा अडिसन सम्पन्न भइसकेको नेपाल लोक स्टारको असार १२ गतेबाट प्रत्येक बिहीबार र शुक्रबार बेलुकी साढे ८ बजे एपीवान टेलिभिजनबाट प्रशारण हुँदैछ । कार्यक्रमको ३६ श्रृखला निर्माण हुने पनि आयोजकले बताएको छ ।

 

कार्यक्रम निर्माणको प्रमुख प्रायोजकको रुपमा आईएमई आवद्ध भएको छ । आईएमई र नेपाल लोक स्टारको सम्झौता दुई सिजनको लागि भएको हो । सम्झौता अनुसार अब कार्यक्रमको नाम ‘आईएमई नेपाल लोक स्टार’ रहनेछ । साथै भोटिङ राउन्डमा ‘आईएमई पे’को एपमार्फत भोटिङ गर्न सकिने पनि आईएमईले जनाएको छ ।

 

लोक स्टारको सम्झौता पश्चात एड प्याडका अध्यक्ष सुदिप थापाले नेपाली लोक संगीतका लागि आईएमई लोक स्टार कोसेढुङ्गा साबित हुने र यसले लोक मात्र नभई सम्पूर्ण संगीत क्षेत्रलाई नै उकास्ने बताए ।

 

त्यसैगरी आईएमई ग्रुपका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले नेपालको आफ्नो स्थानिय अवधारणामा आयोजना हुन लाएको आईएमई नेपाल लोक स्टारसँगै जोडिन पाएकोमा गौरवान्वीत भएको बताए । नेपाली लोक संगीत प्रवर्धन र जर्गेनाका निम्ति आफ्नो सानो प्रयास समेत भएको बताए ।

अब ईसेवा मार्फत एनआईसी एसिया क्यापिटलकाे नविकरण शुल्क बुझाउन सकिने Read Previous

अब ईसेवा मार्फत एनआईसी एसिया क्यापिटलकाे नविकरण शुल्क बुझाउन सकिने

सगरमाथा इन्स्योरेन्सलाई अन्तराष्ट्रिय पुरस्कार Read Next

सगरमाथा इन्स्योरेन्सलाई अन्तराष्ट्रिय पुरस्कार