बुलेटको नयाँ बाइक नेपालमा
चाणक्य पोष्ट
प्रकाशित : 2:45 pm, मंगलबार, जेठ २१, २०७६

काठमाडौं । रोयल इन्फिल्डले आफ्नो क्लासिक ३५० गन मेटल ग्रे बाइक नेपाली बजारमा सार्वजनिक गरेको छ । नेपालको लागि रोयल इन्फिल्डको आधिकारीक बिक्रेता विवेक अटोमोबाइल्सले उक्त बाइक नेपाल ल्याएको हो ।

 

केही समयअघि देखि नै नेपाली बजारमा बिक्री वितरण भइरहेको यसलाई कम्पनीले आधिकारीक कार्यक्रम राखेर सार्वजनिक गरेको थिएन । कम्पनीले आज एक कार्यक्रम आयोजना गरि मिडियालाई उक्त बाइक बारे जानकारी गराएको थियो ।

 

विवेक अटोमोबाइल्सले उक्त क्लासिक गन मेटल ग्रे ३५० सीसीको बाइक नाडा अटो शो २०१८ मा नै प्रदर्शन गरेको थियो ।
क्लासिक गन मेटल ग्रेमा डबल डिक्स, ब्राउन सिट कभर जस्ता विशेषता रहेका छन् । यसको मूल्य ५ लाख १५ हजार रुपैयाँ तोकिएको छ ।

Advertisement Section