अर्थ नीति

एडीबीसँग ३० अर्बको ऋण सम्झौता, कारोनासँग लड्न खर्च गरिने

काठमाडौं । एसियाली विकास बैंक (एडीबी)ले कोरोना भाइरससँग लड्न नेपाल सरकारलाई २५० मिलियन अमेरिकी डलर (करिब ३० अर्ब रुपैयाँ) ऋण सहायता उपलब्ध गराउने भएको छ ।   उक्त सहुलियतपूर्ण उक्त ऋणका लागि सोमबार सम्झौता भएको छ। सम्झौतापत्रमा अर्थ सचिव शिशिरकुमार ढुंगाना र एडीबीका नेपाल निर्देशक मुख्तोर खामुदख्नोभले हस्ताक्षर गरे ।   गरिब र विपन्न वर्गका […]

कोरोना संक्रमित ह्वात्तै बढेपछि ठूलोमात्रामा स्वास्थ्य सामग्री किन्ने सरकारको तयारी

काठमाडौं । मुलुकमा कोभिड–१९ का सङ्क्रमित ठूलो सङ्ख्यामा देखिन थालेपछि सरकारले ठूलोमात्रामा स्वास्थ्य सामग्री किन्ने तयारी गरेको छ ।   स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य विभागको व्यवस्थापन महाशाखाका निर्देशक डा भोगेन्द्रराज डोटेलले सङ्क्रमित सङ्ख्या अनुमानभन्दा बढ्ने भएकाले ठूलोमात्रामा स्वास्थ्य सामग्री किन्ने तयारी गरिएको बताए ।   उनले सङ्क्रमितको सङ्ख्या सोचेकोभन्दा बढ्ने भएकाले तीन महिनालाई पुग्ने […]

साढे २ महिनादेखि व्यावसायिक उडान हुन नसकेको त्रिभुवन विमानस्थल सञ्चालनयोग्य

काठमाडौं । कोभिड-१९ को प्रभावले करिब साढे दुई महिनादेखि व्यावसायिक उडान हुन नसकेको मुलुकको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शीघ्र सञ्चालन योग्य भएको छ ।   मुलुकमा जारी बन्दाबन्दी र त्यसपछिको सामान्य अवस्थामा विमानस्थलको आन्तरिक र अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि सामाजिक दूरी कायम हुने गरी नयाँ संरचना तयार गरिएको हो ।   विमानस्थलको ३०० मिटर धावनमार्ग […]

ट्रम्पद्वारा जी ७ बैठक स्थगित, भारतसहित अन्य देशलाई सहभागी गराउनुपर्ने माग

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका प्रमुख औद्योगिक राष्ट्रहरुको समूह (जी७) को शिखर सम्मेलन कम्तीमा आगामी सेप्टेम्बरसम्मका लागि स्थगित गर्ने भएका छन् ।   यही जुनको अन्त्यतिर हुनेगरी यसअघि तय भएको शिखर सम्मेलन कोरोनाभाइरसको सङ्क्रमण विश्वभरी फैलिएका कारण स्थगित गरिएको हो ।   सम्मेलनमा उनले भारत, रसिया, दक्षिण कोरिया र अस्ट्रेलियालाई निमन्त्रणा गर्ने पनि जानकारी दिए […]

बजेटमा ल्याएको टुक्रेटाक्रे कार्यक्रमले जनतालाई राहत पुग्दैन, सीधै नगद दिने व्यवस्था गरौं : डा. बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारले बजेटमार्फत ल्याएको टुक्रेटाक्रे कार्यक्रमले जनताले राहतको अनुभूत गर्न नसक्ने बताएका छन् ।   प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७७/७८ को राजश्व र व्ययको वार्षिक अनुमान माथिको छलफलमा भाग लिँदै उनले राहतका लागि एकीकृत ढंगले काम गर्नुपर्ने र स्थानीय तहले नै राहत दिनका लागि तथ्याङ्क तयार पारी न्यूनतम १० […]

सहकारी मार्फत २६ लाखलाई रोजगार दिन सकिने

काठमाडौं । पूर्वसचिव कृष्णहरी बास्कोटाले सहकारीमार्फत २६ लाख बेरोजगारलाई रोजगार दिन सकिने बताएका छन् । उनले बजेटले सहकारीलाई प्रयाप्त अवसर दिएको भन्दै प्रयाप्तमात्रामा रोजगारी सृजना गर्न सकिने बताएका हुन् ।   नेपाल सहकारी पत्रकार समाज (सिजेएन) ले आयोजना गरेको ‘बजेटमा सहकारी समीक्षात्मक भर्चुअल कार्यक्रम’ मा बोल्दै बास्कोटाले सहकारीमार्फत २६ लाख बेरोजगारलाई सहकारीमार्फत रोजगारी गर्न सकिनेमा […]

असामान्य परिस्थितिमा परम्परागत बजेट ल्याइएको पूर्वअर्थमन्त्रीहरुको टिप्पणी

काठमाडौं । सरकारले बिहीबार ल्याएको आगामी आर्थिक वर्ष (२०७७/७८) को बजेट परम्परागत रहेको तथा यसमा राखिएका अधिकांश लक्ष्य हासिल गर्न चुनौतीपूर्ण रहेको पूर्व अर्थमन्त्रीहरुले बताएका छन् ।   बजेटमा राखिएका आर्थिक वृद्धि, आन्तरिक राजस्व, वैदेशिक सहायता तथा सार्वजनिक खर्चको लक्ष्य महत्वाकांक्षी भएको उनीहरुको टिप्पणी छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार संसदमा १४ खर्ब ७४ […]

केन्द्र सरकारबाट प्रदेश र स्थानीय तहहरुले कति-कति पाए बजेट (सूचीसहित)

काठमाडौं । संघीय सरकारले आगामी वर्ष प्रदेश र स्थानीय तहलाई दिने अनुदान रकम अर्थ मन्त्रालयले सार्वजनिक गरेको छ ।   केन्द्र सरकारले आगामी वर्ष समानीकरण, सशर्त, विशेष र समपूरक अनुदान गरी चार शीर्षकमा प्रदेश र स्थानीय तहलाई कुल ३ खर्ब ६२ अर्ब ६३ करोड १३ लाख रुपैयाँ अनुदान दिने भएको छ ।   जसअनुसार अर्थ […]