टाटा टियागो एक्सजेड प्लस नेपालमा सार्वजनिक

काठमाण्डौ । विश्वकै अग्रणी अटोमोबाइल ब्रान्ड टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी टेडिङ्ग प्रालिले नयाँ टाटा टियागो एक्सजेड प्लस नेपाली बजारमा सार्वजनिक गरेको छ । रेभोट्रोन १.२ लिटर पेट्रोल इन्जिन जडित टाटा टियागोको भेरियन्टहरू एकदमै आकर्षक, झञ्झटरहित र डिजाइनका हिसाबले परिवर्तनकारी छ ।

 

टाटा टियागो गाडीको भित्रको भाग वा इन्टेरियरमा स्पेशको एकदमै बुद्धिमानीपूर्वक प्रयोग गरिएको छ जसमा एन्ड्रोइड अटो र नेभिगेसनसहितको हर्मनको आकर्षक ७ ईन्चको टचस्क्रीन इन्फोटेनमेन्ट सिस्टम जडान गरिएको छ । बाहिरी भागमा भएको १८० एमएम ग्राउन्ड क्लीयरेन्सले अप्ठेरो बाटोमा पनि सहज यात्राको अनुभव गराउँछ ।

 

बिल्कुलै नयाँ स्पोर्टी १५ ईन्चको डुअल टोन एलोय ह्वीलले गाडीको आकर्षण बढाएको छ । अन्य रोचक विशेषताहरूमा इलेक्ट्रिकल्ली एडजस्टेड ओआरभिएम, प्रोजेक्टर हेडल्याम्प, फ्रन्ट ग्रिलमा क्रोम स्ट्रीप भएको, रियर हाई माउण्ट स्टप ल्याम्प र स्ट्म्याम्पसहित इन्टिग्रेटेड स्पोइलरले बजारमा यसलाई बिल्कुलै भिन्न बनाएको छ ।

 

टाटा टियागो एक्सजेड प्लसमा इमोबीलाइजर, डुअल फ्रन्ट एअर ब्याग, सुरक्षाका लागि इबीडीसहितको एबीएस जस्ता उच्चतम प्राविधिक विशेषताहरू रहेका छन् । त्यसैगरी आरामदायी यात्राको सुनिश्चितता गर्न भेरिन्टहरूमा मल्टीड्राइभ मोडहरू, इलेक्ट्रिक पावर स्टेरिङ तथा एकीकृत रियर नेक रेस्ट जस्ता विशेषताहरू रहेका छन् ।

टाटा मोटर्सका प्यासेन्जर भेइकल्स, इन्टरनेश्नल बिजनेसका प्रमुख सुजन रोय का अनुसार, “इम्प्याक्ट डिजाइनअन्तर्गत सार्वजनिक गरिएको हाम्रो पहिलो उत्पादन टियागो सन् २०१६ मा सार्वजनिक भएदेखि नै आकर्षक, नवीन र विशेषताहरुले भरिपूर्ण कारका रूपमा अग्रस्थानमा छ । उच्च कार्यक्षमता, उच्च प्राविधिक विशेषताहरू र अग्रणी ड्राइभिङ डायनामिक्सका कारण टियागो एक्सई, एक्सएम तथा एक्सजेड प्लसले अहिलेको समयका ग्राहकहरूको बदलिँदो चाहना र आकंक्षालाई सम्बोधन गर्दछ ।”

 

“नयाँ टाटा टियागो एक्सजेड प्लस बजारमा सार्वजनिक गरिएसँगै हामी हाम्रा ग्राहकहरूलाई विभिन्न उत्कृष्ट विकल्पहरू प्रदान गर्न पाएकोमा एकदमै खुसी छौँ । यो नयाँ उत्पादनसँगै नेपाली बजारमा हामी हाम्रो उपस्थिति बलियो बनाउनतर्फ केन्द्रित छौँ ।” सिप्रदी टेडिङ्ग प्रालिका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले बताए ।

 

टाटा टियागो ६ आकर्षक रंगहरू कपर ड्याजल, एस्प्रेसो ब्राउन, पर्ललेसेन्ट ह्वाईट, प्लेटिनियम सिल्भर, स्टाइकर ब्लु र बेरी रेडमा उपलब्ध छन् । यसमा स्ट्यान्डड वारेन्टीको रुपमा चार वर्ष वा ७५ हजार किलोमिटरको कभरेज रहेको छ ।

युराे ४ लागु गर्न ढिला भइसक्याे: गाेपीकृष्ण न्याैपानेकाे अन्तर्वार्ता Read Previous

युराे ४ लागु गर्न ढिला भइसक्याे: गाेपीकृष्ण न्याैपानेकाे अन्तर्वार्ता

कृषि उपज भण्डारणका लागि १० काेल्ड स्टोर बनाउँदै कृषि मन्त्रालय Read Next

कृषि उपज भण्डारणका लागि १० काेल्ड स्टोर बनाउँदै कृषि मन्त्रालय