प्रोपर्टी

उपत्यकामै पाइन्छ ४ लाखमा एक रोपनी जग्गा !

काठमाडौं । पछिल्लो समय घरजग्गा कारोबार निकै न्यून रहेको छ । कोभिड १९ का कारण कारोबार घटेसँगै जग्गाको मूल्य समेत स्थिर रहेको छ ।   रियल स्टेट कारोबार नेपालका प्रबन्धक प्रकाश छत्कुलीका अनुसार कोरोनाका कारण घरजग्गाको मूल्य नघटे पनि स्थिर भने रहेको छ । उनले घरजग्गा कारोबार ठप्प नभए पनि मूल्यमा भने स्थिरता छाएकाले विक्रेताहरूले […]

अचाक्ली भाउ बढेपछि मानहुँकोटमा जग्गा किनबेच रोक्का

दमौली । पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेको तनहुँको व्यास नगरपालिका–५ मानहुँकोटमा जग्गा किनबेच रोक्का गरिएको छ ।   व्यास नगरपालिकाको आइतबार मानहुँकोटमा बसेको कार्यपालिकाको बैठकले सोमबारदेखि नै लागू हुने गरी जग्गा किनबेच रोक्का गरेको हो ।   पछिल्लो समय पर्यटक उल्लेख्य वृद्धि भएपछि मानहुँकोटमा जग्गा किनबेचको क्रम बढेको र गुरुयोजना निर्माणका लागि दुई महिना जग्गा […]

घरजग्गा किन्नेबेच्ने भन्दा ऋण लिन रोक्का गर्ने धेरै, ३ महिनामै उठ्यो साढे ४ अर्ब राजश्व

काठमाडौं । पछिल्लो समय घरजग्गा किनबेच गर्नेभन्दा रोक्का गर्नेको संख्या बढेको पाइएको छ । लकडाउन हटेसँगै क्रमशः अर्थतन्त्र चलायमान हुन थालेपछि बैंक तथा वित्तीय संस्थाबाट ऋण लिनका लागि घरजग्गा रोक्का गर्नेको संख्या बढेका हुन् ।   कोरोनाका कारण लामो समय ठप्प रहेको उद्योगधन्दा, व्यापार व्यवसाय सञ्चालनका लागि थप पूँजी जुटाउन बैंक तथा वित्तीय संस्थाबाट ऋण […]

कीर्ते कागज बनाएर अर्काको नाममा रहेको ५० करोड बराबरको जग्गा विक्री

काठमाडौं । पर्साको वीरगञ्ज महानगरपालिका ५ का कमलादेवी राजभण्डारीको नाममा रहेको घरसहितको ५ कठ्ठा १५ धुर जग्गा कीर्ते कागज बनाई विक्री भएको खुलासा भएको छ । उक्त जग्गाको मूल्य झण्डै ५० करोड रुपैयाँ रहेको जनाइएको छ ।   प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोका अनुसार ती व्यक्तिले आफ्नो नागरिकता समेत नक्क्ली बनाई कीर्ते कागजातका आधारमा अर्काको जग्गा […]

उपत्यकामा घर जग्गाको मूल्य घटेको संकेत

काठमाडौं । कोभिड १९ का कारण उपत्यक मात्र नभई देशभर घरजग्गा कारोबार घट्दो रहेको छ । तर, उपत्यकामा भएका कारोबारबाट पनि पुँजीगत लाभकरको हिस्सा अत्यन्त न्यून रहेकाले घर जग्गाको मूल्य घट्दै गएको संकेत गर्छ । आफुले किनेकोभन्दा बढी मूल्यमा बेच्दा मात्रै लाभकर तिर्नु पर्ने हुन्छ । यस्तोमा अहिले उठेको लाभकरले घरजग्गाको मूल्य घट्दै गएको संकेत […]

भूमि बैंक नारामा राम्रो, व्यवहारमा किसानकोभन्दा उद्योगपति र जमिनदारको हितमा

काठमाडौं । सरकारले यही आर्थिक वर्षबाट भूमि बैंक कार्यान्वयनमा ल्याउने लक्ष्य राखेको छ । विश्वभर फैलिएको कोभिड १९ महामारीका कारण यसका विभिन्न प्रक्रियाले गति लिन सकेको छैन ।   भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले बैंक सञ्चालनका लागि अहिले कार्यविधि तयार पार्ने काम गरिरहेकोे छ । मन्त्रालयका प्रवक्ता जनकराज जोशीले भूमि बैंक ऐन पास […]

३ वर्षपछि खुल्यो जग्गाको कित्ताकाट, यस्तो जग्गा मात्र प्लटिङ गर्न पाइने

काठमाडौं । सरकारले जग्गाको कित्ताकाट खुला गरेको छ । भदौ १८ गते बसेको मन्त्रिपरिषद्को बैठकले कित्ताकाट खुलाउने निर्णय गरेको हो ।   सरकारले भू-उपयोग ऐन, २०७६ कार्यान्वयनमा आएको भन्दै यसअघिका सबै निर्णय खारेज गरेको छ । यससँगै अब भू-उपयोग ऐन  र प्रचलित कानून अनुसार जग्गाको कित्ताकाट गर्न पाइने छ ।   अब सरकारले कृषियोग्य जमीन […]

थलिँदै अपार्टमेन्ट व्यवसाय, बैना गरेकाले पनि धमाधम पैसा फिर्ता लिन थाले

काठमाडौं । पछिल्लो समय देशभर अपार्टमेन्ट कारोबार घट्दो क्रममा रहेको छ । २०७२ को भूकम्पले ओरालो लागेको व्यवसाय पछिल्ला वर्षहरुमा क्रमशः लय समात्दै गएको थियो । तर, कोरोनाका कारण गति लिँदै गएको व्यवसाय पुन थलिन थालेको छ ।   रियल स्टेट कारोबार नेपालका प्रबन्धक प्रकाश छटौली पछिल्लो समय अपार्टमेन्ट कारोबार धेरै कम रहेको बताउँछन् । […]