निर्माण उद्योग

अब सिमेन्ट ३३, ४३ र ५३ ग्रेडमा आउने  

काठमाडौं । गत शुक्रबार बसेको गुणस्तर परिषदको १०२औं बैठकले ४३ र ५३ ग्रेड लेख्न पाउनेगरि सिमेन्टको नेपाल गुणस्तर स्वीकृत गरेको गुणस्तर तथा नापतौल विभागले जनाएको छ । यसअघि कायम रहेको ३३ ग्रेडलाईपनि यथावत राखिएको छ ।   उद्योग वणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टको अध्यक्षतामा बसेको बैठकले प्राविधिक समितिले सिफरिस गरेको गुणस्तर मापदण्ड स्वीकृत गरेको […]

बजारमा माग घटेपनि ६ अर्ब लगानीमा ५ नयाँ स्टील उद्योग थपिदै

काठमाडौं । नेपालमा ५ अर्ब ७६ करोड ४१ लाख रुपैयाँ लगानीमा नयाँ स्टील उद्योगहरु सञ्चालनमा आउने भएका छन् । उक्त लगानीमा विभिन्न स्थानमा ५ वटा स्टील उद्योग सञ्चालनमा आउन लागेका हुन् ।   उद्योग विभागको तथ्यांक अनुसार सो उद्योगहरु चालु आर्थिक वर्षको ४ महिनामा दर्ता भएका हुन् । पर्सामा ३ वटा, झापा र कपिलवस्तुमा एक–एक […]

क्रसरको न्यूनतम मापदण्ड तोक्न सिफारिश

काभ्रेपलाञ्चोक । जिल्लामा वर्षौंदेखि अवैधानिक (मापदण्ड विपरीत) रुपमा सञ्चालनमा रहेका क्रसर तथा रोडा–ढुङ्गा खानीको न्यूनतम मापदण्ड तोकिदिन सिफारिश गरिएको छ ।   जिल्ला समन्वय समितिले जिल्लामा वर्षौंदेखि मापदण्डविपरीत सञ्चालनमा रहेका क्रसर तथा दर्ता नगरी सञ्चालनमा ल्याइएका रोडा–ढुङ्गा खानीको अनुगमन प्रतिवेदनका आधारमा न्यूनतम मापदण्ड तोकिदिन प्रदेश नं ३ स्थित वन पर्यटन तथा उद्योग मन्त्रालयलाई सिफारिश गरेको […]

ह्वासिङ सिमेन्टको जग्गा भाडा सम्झौता रद्द गर्न सुझाव

काठमाडौं । प्रतिनिधिसभा, सार्वजनिक लेखा समिति मातहत गठित उपसमितिले ह्वासिङ सिमेन्ट कम्पनीलाई प्रारम्भिक वातावरणीय परीक्षणमा उल्लिखित सर्त पालना गर्न तथा सोको पालना भए/नभएको नियमित अनुगमन र मूल्याङ्कन गर्न उद्योग विभागलाई निर्देशन दिन सुझाव दिएको छ ।   समितिको असोज १८ गतेको निर्णयअनुसार सांसद लेखराज भट्टको अध्यक्षतामा गठित उपसमितिले बेनिघाट राराङ गाउँपालिकास्थित ह्वासिङ् सिमेन्ट नारायणी प्रालि […]

अब ५ केजीदेखि कै प्याकेटमा सिमेन्ट किन्न पाइने

काठमाडौं । अब सिमेन्टको बोरा मिनी प्याकमा समेत पाइने भएको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले ५, १० र २५ केजीको बोरामा समेत सिमेन्ट बिक्री वितरण गर्न पाइने व्यवस्था गरेको हो ।   यसअघि सिमेन्ट कम्पनीहरुले ५० केजीको बोरामा मात्र सिमेन्ट बिक्री गर्न पाउने व्यवस्था रहेकोमा अब भने साना प्याकेटमा पनि सिमेन्ट बिक्री गर्न […]

हेटौँडा सिमेण्टको उत्पादन पूर्ण क्षमतामा शुरु

काठमाडाैं। करीब दुई महीनादेखि बन्द रहेको नेपाल सरकारको स्वामित्वमा सञ्चालित हेटौँडा सिमेन्ट उद्योग शुक्रबारदेखि पूर्ण क्षमतामा सञ्चालनमा आएको छ । उद्योगको सिमेन्ट उत्पादनका लागि क्लिङकर उत्पादन गर्ने मुख्य मेसिन र मोटर जलेका कारण उत्पादन ठप्प भएको थियो ।   उद्योगका महाप्रबन्धक हेमशङ्कर सिंहका अनुसार करीब ३० लाखको लागतमा उद्योगको मेसिन मर्मत एवं निर्माण गरेपछि उद्योग […]

उत्पादन क्षमता बढाउदै होङ्सी सिमेन्ट

काठमाडौं । देशकै सबैभन्दा ठूलो सिमेन्ट उद्योग होङ्शी शिवमले आफ्नो उत्पादन बढाउने भएको छ । अहिले दैनिक ६ हजार टन सिमेन्ट उत्पादन गरिरहेको होङ्शी शिवमले दैनिक १२ हजार टनमा आफ्नो क्षमता वृद्धि गर्ने भएको हो । उद्योगले सञ्चयकोषबाट २ अर्ब रुपैयाँ ऋण लिएर सिमेन्टको क्षमता दोब्बर बनाउन लागेको हो ।   गत भदौ १८ गते […]

ओपीसी सिमेन्टमा जमेपछि अर्घाखाँचीले ल्यायो पीपीसी सिमेन्ट

काठमाडौं । अर्घाखाँची सिमेन्ट प्रालिले पीपीसी सिमेन्ट बजारमा ल्याएको छ । लामो समयदेखि ओपीसी सिमेन्ट उत्पादन गर्दै आएको अर्घाखाँचीले ग्राहकको मागलाई मध्यनजर गर्दै पीपीसी सिमेन्ट ल्याइएको जनाएको छ ।   उद्योगले विश्वमा प्रचलित अत्याधुनिक मेसिनबाट गुणस्तरीय सिमेन्ट उत्पादन गरिरहेको अर्घाखाँची सिमेन्टका प्रवन्ध निर्देशक पशुपति मुरारकाले बताए ।   आफ्नै खानीको चुनढुंगाको प्रयोग गरी क्लिंकर बनाइने […]