पूर्वाधार

एक किलोमिटर सुरुङ खन्ने काम सकियो, ६ सयभन्दा धेरै कामदार सक्रिय

काठमाडौं । नागढुंगा-नौबिसे सुरुङमार्ग एक किलोमिटर निर्माण सम्पन्न भएको छ । कोभिड १९ दोस्रो लहरका कारणले केही सुस्त भएको निर्माणकार्यले पछिल्ला दिनमा गति लिएसँगै १ हजार २८ मिटर सुरुङ खन्ने काम पुरा भएको हो ।   नागढुंगा सुरुङ मार्गका आयोजना निर्देशक नरेश मान शाक्यले १ हजार २८ मिटर सुरुङ खनिएको जानकारी दिए । शाक्यका अनुसार […]

काठमाडौंमा मेट्रो रेल बनाउन रातो मछिन्द्रनाथ बाधक बन्ने, निर्माण नगर्न पत्र

काठमाडौं । काठमाडौं उपत्यकामा बन्ने भनिएको मेट्रो रेल निर्माणमा रातो मछिन्द्रनाथ बाधक बन्ने देखिएको छ । ललितपुरको सातदोबाटोदेखि काठमाडौंको नारायणगोपाल चोकसम्म बनाइने भनिएको मेट्रो रेलले रातो मछिन्द्रनाथ रथ तान्न अवरोध गर्ने देखिएपछि रोकिने भएको हो ।   हाल उक्त रेलको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) निर्माणका लागि कन्सलटेन्ट नियुक्त गरी काम भइरहेको छ । कन्सल्टटेन्टले सातदोबाटो-रत्नपार्क-नारायणगोपाल […]

झापामा पहिलोपटक बन्यो बिर्तामोडदेखि भद्रपुरसम्मको सडक चार लेन

झापा । बिर्तामोडको मुक्तिचोकदेखि दक्षिण गरामनीसम्म ‘चार लेन’ भएको चार किलोमिटर सडक बनेको छ । यो जिल्लाकै पहिलो चार लेनको सडक हो ।   ‘बिर्तामोड–भद्रपुर सडक’को १७ किलोमिटरमध्ये पहिलो खण्डमा चार किमी बनेको हो । दोस्रो चरणमा गरामनीदेखि जिल्लाको सदरमुकाम चन्द्रगढीसम्म ८.४१ किमी सडकलाई चारलेन बनाउने निर्माणको ठेक्का लागिसकेको छ ।   डिभिजन सडक कार्यालय […]

फास्ट ट्रयाकका लागि ललितपुरमा जग्गा अधिग्रहण तीव्र, जग्गाधनीले प्रतिआना कति पाउँछन् ?

काठमाडौं । नेपाल सेनाले निर्माण गरिरहेको काठमाडौं–तराई द्रुत मार्ग (फास्ट ट्रयाक) २०८०/८१ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । जस अन्तर्गत सेनाले सुरुङ तथा भिन्न प्रकारको पुल समेत निर्माण गर्ने तयारी रहेको छ । त्यसका लागि ठेक्का समेत भई डीपीआरको काम अघि बढिसकेको छ ।   सेनाले निर्माणमा कुनै अफ्ठेरो अवस्था सृजना हुन नदिन जग्गा […]

तरकारी तथा फलफूलको विषादी परीक्षण गर्न धमाधम पूर्वाधार बन्दै

काठमाडौं । कृषि मन्त्रालयको केन्द्रीय कृषि प्रयोगशालाले तरकारी तथा फलफूलको विषादी परीक्षण गर्दै आएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले नै विषादी पूर्वाधार जुटाउने तथा पूर्वाधार निर्माणको काम जिम्मा लिएको हो ।   खाद्य केन्द्रीय विभागसँग पेस्टिसाइट परीक्षण यन्त्र रहेको छ । विभागले विराटनर, भैरहवा, हेटौंडा, जनकपुर, धनगडी र नेपालगञ्जमा विषादी परीक्षण प्रयोगशाला […]

ठेकेदारले काम नगरेपछि जनप्रतिनिधिले नै रोपे सडकमा कोदो

गोरखा । सडक निर्माणलाई छिटो सम्पन्न गर्न माग गर्दै गोरखा आरुघाट–सडकखण्डमा जनप्रतिनिधिसहितका स्थानीयवासीले कोदो रोपेका छन् ।   ठेकेदारको चरम लापरवाहीका कारण लामो समयदेखि सो सडकखण्डको काम अवरुद्ध छ ।गोरखा नगरपालिका–४ का वडाध्यक्ष रामशरण अधिकारीले आज हिलाम्मे सडकमा कोदो रोपेको जानकारी दिए।   ढुङ्गागाडे मोडमा वर्षौँदेखि सडक निर्माण अलपत्र हुँदा बर्खाका बेला यात्रुहरु हिलाम्मे र […]

रेलका लागि छुट्याइएको बजेट आधा मात्र खर्च, कुन रेलमार्गको कति भयो काम ?

काठमाडौं । गत आर्थिक वर्ष २०७७/७८ मा रेल निर्माणका लागि छुट्याइएको बजेटमध्ये आधा मात्र खर्च भएको छ । गत वर्ष विभिन्न रेलमार्ग निर्माणका लागि ८ अर्ब ६६ करोड रुपैयाँ छुट्याइएकोमा सोमध्ये ४ अर्ब ८४ करोड ९६ लाख रुपैयाँ बजेट खर्च भएको रेल विभागले जनाएको छ ।   विभागका प्रवक्ता अमन चित्रकारले गत आवमा रेल निर्माण […]

सुर्खेत विमानस्थलको धावनमार्ग विस्तार अन्योलमा, १ वर्षदेखि काम ठप्प

काठमाडौं । सङ्घीय र कर्णाली प्रदेश सरकारको साझेदारीमा शुरु हुने भनिएको सुर्खेत विमानस्थलको धावनमार्ग विस्तार सम्बन्धी आयोजना अन्योलमा परेको छ ।   लगत सङ्कलनलगायत प्रारम्भिक कार्यमा स्थानीय बासिन्दाले अवरोध पुर्याएपछि झण्डै एक वर्षदेखि विमानस्थल विस्तार तथा स्तरोन्नतिको काम ठप्प भएको हो ।   विमानस्थल विकास तथा विस्तारमा कुनै प्रगति नहुँदा आर्थिक वर्ष २०७७/७८ मा सङ्घीय […]