बीमा

शिखर बन्यो सबैभन्दा धेरै नाफा कमाउने निर्जीवन बीमा कम्पनी, यस्तो छ वित्तीय सूचक

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको खुद मुनाफामा सामान्य सुधार भएको छ । कम्पनीले बिहीबार सार्वजनिक गरेको चालू आवको वित्तीय विवरण अनुसार ३६ करोड ३३ लाख २१ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।   यो गत वर्षको सोही अवधिको तुलनामा १०.२६ प्रतिशतले बढी हो । गत वर्ष तेस्रो त्रैमाससम्म कम्पनीले ३२ करोड ९५ लाख १९ […]

नेपाल लाइफले कमायो दुई वाणिज्य बैंककोभन्दा धेरै नाफा, यस्तो छ वित्तीय अवस्था

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको खुद मुनाफामा सामान्य सुधार भएको छ । कम्पनीले बिहीबार सार्वजनिक गरेको चालू आवको वित्तीय विवरण अनुसार ५० करोड ६६ लाख ६८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यद्दपि, यसमा कम्पनीले बीमांकीय मूल्यांकनपछि प्राप्त हुने मुनाफा भने गणना गरेको छैन ।   यो गत वर्षको सोही अवधिको तुलनामा ८.३६ […]

७५ करोडको आइपीओ ल्याउन लागेको सिटिजन लाइफको यस्तो छ वित्तीय विवरण

काठमाडौं । निकट भविष्यमै ७५ करोड बराबरको आइपीओ ल्याउन लागेको सिटिजन लाइफ इन्सुरेन्सको खुद नाफामा झिनो सुधार भएको छ ।   कम्पनीले आइतबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार चैतमसान्तसम्म १४ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा १.२६ प्रतिशतले बढी हो । गत वर्ष तेस्रो त्रैमाससम्म कम्पनीले […]

नेपाल लाइफ २१ वर्षमा प्रवेश, १ खर्ब बढीको बीमाकोष, २९ लाख बीमित

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आफ्नो स्थापनाको २० वर्ष पूरा गरी २१ औं वर्षमा प्रवेश गरेको छ । २०५८ साल वैशाख २१ गते स्थापना भएको कम्पनीले बीमित तथा सेवाग्राहीहरुलाई निरन्तर उत्कृष्ठ सेवा प्रदान गर्दै आइरहेको छ ।   २१ औं वार्षिकोत्सवको अवसरमा प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले कम्पनीलाई यो उचाइसम्म ल्याई पुर्याउनमा निरन्तर विश्वासका […]

सगरमाथा इन्स्योरेन्सले ल्यायो एउटै बीमालेखमा ३ प्रकारको जोखिम वहन हुने नयाँ पोलिसी

काठमाडौं । बीमा क्षेत्रमा इनोभेटिभ प्रडक्टहरु ल्याउँदै आएको सगरमाथा इन्स्योरेन्सले नयाँ वर्षको अवसरमा ‘सगरमाथा आरोग्य स्वास्थ्य बीमालेख’ नामक नयाँ पोलिसी ल्याएको छ ।   मंगलबार बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल र कम्पनीका अध्यक्ष रामकृष्ण मानन्धरले संयुक्त रुपमा उक्त पोलिसीको उद्घाटन गरेका हुन् ।   यस बीमालेख अन्तर्गत सबै वर्गका मानिसले लाभ लिन सक्ने गरी एउटै […]

अब ३ वर्ष नपुगी एकल बीमा पोलिसी धितो राखेर ऋण लिन नपाइने

काठमाडौं । अब ३ वर्ष नपुगी एकल बीमा पोलिसी धितो राखेर ऋण लिन नपाइने भएको छ । बीमा समितिले एकल बीमा पोलिसीमा हुँदै आएको विकृति रोक्न भन्दै यस्तो पोलीसी धितो राखेर ३ वर्षसम्म कर्जा नदिन १९ वटै जीवन बीमा कम्पनीहरुलाई निर्देशन दिएको हो ।   बीमा समितिको निर्देशनसँगै अब एकल बीमा पोलिसी जारी गरेको ३ […]

अब देशका ७७ जिल्लामै स्वास्थ्य बीमा कार्यक्रम लागू हुने

काठमाडौं । सरकारले यही आर्थिक वर्षमा ७७ जिल्लामा स्वास्थ्य बीमा बोर्ड लागू गर्न थालेको छ । विसं २०७२ बाट शुरु भएको बोर्डले छोटो समयमा नै ७७ वटै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू गर्न थालेको हो ।   यही चैत २५ गते छ जिल्लामा शुभारम्भ र त्यसपछि काठमाडौँ तथा ललितपुरमा लागू गर्न थालिएको बोर्डका वरिष्ठ स्वास्थ्य […]

राष्ट्रिय बीमा संस्थानको उपत्यकामा दुई नयाँ शाखा संचालनमा

काठमाडौं। राष्ट्रिय बीमा संस्थानले काठमाडौंको चाबहीलमा १७ औं र भक्तपुरको सूर्यविनायकमा १८ औं शाखा सञ्चालनमा ल्याएको छ ।   संस्थानको चाबहील शाखाको सोमबार काठमाडौं महानगरपालिका वडा नं. ७ का अध्यक्ष सुतकुमार डँगोल र संस्थान सञ्चालक समितिका अध्यक्ष गंगाराम कँडेलले संयुक्त रुपमा उद्घाटन गरे ।   चाबहील शाखाको उद्घाटन गर्दै अध्यक्ष डँगोलले चाबहील क्षेत्रमा शाखा सञ्चालनमा […]