अर्थतन्त्र

एक किलोमिटर सुरुङ खन्ने काम सकियो, ६ सयभन्दा धेरै कामदार सक्रिय

काठमाडौं । नागढुंगा-नौबिसे सुरुङमार्ग एक किलोमिटर निर्माण सम्पन्न भएको छ । कोभिड १९ दोस्रो लहरका कारणले केही सुस्त भएको निर्माणकार्यले पछिल्ला दिनमा गति लिएसँगै १ हजार २८ मिटर सुरुङ खन्ने काम पुरा भएको हो ।   नागढुंगा सुरुङ मार्गका आयोजना निर्देशक नरेश मान शाक्यले १ हजार २८ मिटर सुरुङ खनिएको जानकारी दिए । शाक्यका अनुसार […]

नगरपालिकाको राजस्व भुक्तानी अब अनलाइनबाट

जिल्लाको मध्यविन्दु नगरपालिकाले अनलाइनमार्फत राजस्व भुक्तानी शुरु गरेको छ । मध्यविन्दु–१५ का देशबहादुर गुरुङको सम्पत्ति कर भुक्तानी गर्दै नगरपालिकाले अनलाइन राजस्व भुक्तानी शुरु गरेको हो ।   मध्यविन्दु नगरपालिका प्रमुख चन्द्रबहादुर रानाले अब नगरवासीले सम्पत्ति तथा भूमी, व्यवसाय र घरबाहल कर भुक्तानीको लागि नगरपालिका वा सम्बन्धित वडा कार्यालय पुग्नु नपर्ने बताए । विद्युतीय भुक्तानी शुरु […]

काठमाडौंमा नै डिम्याट खाता खोल्न एक हप्ता

नयाँ भेरियन्टसहितको कोरोनाको जोखिम कम हुँदै गएपछि सबैजसो कार्यालयले स्थलगतरूपमै सेवा दिन थाले पनि आरबिबी मर्चेन्ट बैंकिङ लिमिटेडमा सेवाग्राहीले त्यस्तो सुविधा पाएका छैनन् ।   टेकुस्थित लिमिटेडको कार्यालयको मूलढोका बन्द गरेर सेक्युरिटी कम्पनीका सुरक्षाकर्मीमार्फत मात्र सेवा प्रवाह गरिँदा सेवाग्राहीको काम समयमा हुन सकेको छैन । चौतारा साँगाचोकगढी नगरपालिका इर्खुकी मञ्जु कार्की डिम्याट खाता खोल्न सुरक्षाकर्मीलाई […]

काठमाडौंमा मेट्रो रेल बनाउन रातो मछिन्द्रनाथ बाधक बन्ने, निर्माण नगर्न पत्र

काठमाडौं । काठमाडौं उपत्यकामा बन्ने भनिएको मेट्रो रेल निर्माणमा रातो मछिन्द्रनाथ बाधक बन्ने देखिएको छ । ललितपुरको सातदोबाटोदेखि काठमाडौंको नारायणगोपाल चोकसम्म बनाइने भनिएको मेट्रो रेलले रातो मछिन्द्रनाथ रथ तान्न अवरोध गर्ने देखिएपछि रोकिने भएको हो ।   हाल उक्त रेलको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) निर्माणका लागि कन्सलटेन्ट नियुक्त गरी काम भइरहेको छ । कन्सल्टटेन्टले सातदोबाटो-रत्नपार्क-नारायणगोपाल […]

अर्थ सचिवमा मधुकुमार मरासिनी

काठमाडौं । सरकारले अर्थ सचिवमा मधुकुमार मरासिनीलाई ल्याएको छ ।   गत बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले मरासिनीलाई अर्थ सचिवमा सरुवा गरी ल्याएको हो । मरासिनी यस अघि महालेखा नियन्त्रक कार्यालयमा कार्यरत थिए ।   यस्तै, अर्थ सचिव शिशिरकुमार ढुंगानालाई भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ ।

झापामा पहिलोपटक बन्यो बिर्तामोडदेखि भद्रपुरसम्मको सडक चार लेन

झापा । बिर्तामोडको मुक्तिचोकदेखि दक्षिण गरामनीसम्म ‘चार लेन’ भएको चार किलोमिटर सडक बनेको छ । यो जिल्लाकै पहिलो चार लेनको सडक हो ।   ‘बिर्तामोड–भद्रपुर सडक’को १७ किलोमिटरमध्ये पहिलो खण्डमा चार किमी बनेको हो । दोस्रो चरणमा गरामनीदेखि जिल्लाको सदरमुकाम चन्द्रगढीसम्म ८.४१ किमी सडकलाई चारलेन बनाउने निर्माणको ठेक्का लागिसकेको छ ।   डिभिजन सडक कार्यालय […]

फास्ट ट्रयाकका लागि ललितपुरमा जग्गा अधिग्रहण तीव्र, जग्गाधनीले प्रतिआना कति पाउँछन् ?

काठमाडौं । नेपाल सेनाले निर्माण गरिरहेको काठमाडौं–तराई द्रुत मार्ग (फास्ट ट्रयाक) २०८०/८१ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । जस अन्तर्गत सेनाले सुरुङ तथा भिन्न प्रकारको पुल समेत निर्माण गर्ने तयारी रहेको छ । त्यसका लागि ठेक्का समेत भई डीपीआरको काम अघि बढिसकेको छ ।   सेनाले निर्माणमा कुनै अफ्ठेरो अवस्था सृजना हुन नदिन जग्गा […]

तरकारी तथा फलफूलको विषादी परीक्षण गर्न धमाधम पूर्वाधार बन्दै

काठमाडौं । कृषि मन्त्रालयको केन्द्रीय कृषि प्रयोगशालाले तरकारी तथा फलफूलको विषादी परीक्षण गर्दै आएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले नै विषादी पूर्वाधार जुटाउने तथा पूर्वाधार निर्माणको काम जिम्मा लिएको हो ।   खाद्य केन्द्रीय विभागसँग पेस्टिसाइट परीक्षण यन्त्र रहेको छ । विभागले विराटनर, भैरहवा, हेटौंडा, जनकपुर, धनगडी र नेपालगञ्जमा विषादी परीक्षण प्रयोगशाला […]