जेठ २६ देखि ३० गतेसम्म बजाजको बाइक किन्दा नगदसँगै यी सामान पाइने

काठमाडौं । बजाज मोटरसाइकलको लागि नेपालको आधिकारीक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले पुरानो मोटरसाइकल तथा स्कुटरसँग बजाजका मोटरसाइकल एक्सचेन्ज गर्न सकिने मेला आयोजना गरिरहेको छ ।

 

एक्सचेन्ज मेलामा कुनै पनि ब्रान्डको पुरानो मोटरसाइकल वा स्कुटरको न्यूनतम मूल्य ३० हजार रुपैयाँ प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । पुरानो मोटरसाइकलको मूल्य प्रचलित बजार मुल्याङकन भन्दा १५ हजार रुपैयाँ बढी दिने योजना कम्पनीले ल्याएको छ ।

 

यसका साथै नयाँ मोटरसाइकल खरिद गर्ने ग्राहकले स्क्राचकार्ड मार्फत २५ हजारसम्म नगद छुट पाउन सक्ने कम्पनीले जनाएको छ ।

 

नयाँ मोटरसाइकल खरिद गर्दा लेग गार्ड, ल्यापटप ब्याग, हेलमेट, बाइक कभर जस्ता एसोसरिज निःशुल्क उपलब्ध गराउने कम्पनीले जनाएको छ । उक्त एक्स्चेन्ज मेला जेष्ठ २६ गतेदेखि ३० गतेसम्म नयाँ वस्ती गोठाटार पुलमा आयोजना हुनेछ ।

बुलेटको नयाँ बाइक नेपालमा Read Previous

बुलेटको नयाँ बाइक नेपालमा

महानगरका लागि १३ अर्ब बजेट, यस्ता ठाँउमा खर्च हुने Read Next

महानगरका लागि १३ अर्ब बजेट, यस्ता ठाँउमा खर्च हुने