सहकारी सञ्‍चालकको सम्पत्ति बेचेर भए पनि बचतकर्ताको पैसा फिर्ता गरिने

काठमाडौं । सरकारले समस्यग्रस्त क्षेत्र घोषणा गरेको सहकारीमा पैसा राख्नेहरुको बचत फिर्ता गर्ने घोषणा गरेको छ । ती सहकारीको सञ्चालकको सम्पत्ति बेचेर भए पनि ५ लाख रुपैयाँसम्मको बचत फिर्ता गर्ने अर्थमन्त्री वर्षमान पुनले बताए ।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उनले कानुनमा आवश्यक संशोधन गरी सहकारिताको सिद्धान्त र नीतिबमोजिम सहकारी सञ्चालन हुने व्यवस्था गरिने र बचत तथा ऋण सहकारीको नियमन गर्न नियामक निकाय स्थापना गरिने पनि बताए ।

सहकारी संस्थामा देखिएको समस्या समाधान गर्न समस्याग्रस्त सहकारीको सञ्चालक र एकाघर परिवारको सदस्यको नाममा रहेको सम्पत्तिको धितो सुरक्षणमा ५ लाखसम्म बचत राख्ने सदस्यको बचत रकम फिर्ता गरिने घोषणा पनि गरिएको हो ।

 

आगामी वर्ष १६ लाख पर्यटक भित्र्याउने सरकारको घोषणा Read Previous

आगामी वर्ष १६ लाख पर्यटक भित्र्याउने सरकारको घोषणा

कस्तुरी मृग लगायतका वन्यजन्तु पाल्न व्यवसायिक फर्म स्थापना गरिने Read Next

कस्तुरी मृग लगायतका वन्यजन्तु पाल्न व्यवसायिक फर्म स्थापना गरिने