चर्को ब्याजदरप्रति महासङ्घको ध्यानाकर्षण

काठमाडौं । नेपाल राष्ट्रिय व्यवसाय महासङ्घले पछिल्लो समय बैंक तथा वित्तीय क्षेत्रमा बढाइएको चर्को ब्याजदरप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

 

महासङ्घका अध्यक्ष नरेश कटुवालले आज एक विज्ञप्ति जारी गरी सरकारले विना धितो कारोवारको प्रकृति हेरेर सहुलियत दरमा ब्याजदर उपलब्ध गराउनुको साटो बैंक तथा वित्तीय क्षेत्रले लिँदै आएको ब्याज झण्डै दोब्बर बनाएकोमा उद्योगी व्यवसायी हतोत्साहित बन्न पुगेको बताए ।

 

“अनियमित घरभाडा वृद्धि, चर्को भन्सार शुल्क, झन्झटिलो भन्सार प्रक्रियालगायतका समस्या खेपिरहेका उद्योगी व्यवसायी ब्याजदरका नाममा बैंक तथा वित्तीय क्षेत्रमा बढाइएको ब्याजदरले झन क्रसित बन्न पुगेका छन्”, विज्ञप्तिमा भनिएको छ ।

 

बैंक तथा वित्तीय क्षेत्रले नाफा कमाउने उद्देश्यले बढाइएको ब्याजदरले उद्योगी व्यवसायीलाई व्यवसाय क्षेत्रमा निरुत्साहित पार्न खोजेको महासङ्घले जनाएको छ । महासङ्घले ब्याजदर वृद्धिलाई नियन्त्रण गरी पुरानै ब्याजदर कायम राख्न माग गर्दै आफ्ना माग पूरा नगरे कडा आन्दोलन गर्ने जनाएको छ ।

हेटौँडा सिमेन्ट उद्योगको घाटा कम Read Previous

हेटौँडा सिमेन्ट उद्योगको घाटा कम

सुन्तला उत्पादनबाट पर्वतमा  छ करोड रुपैयाँ भित्रियो Read Next

सुन्तला उत्पादनबाट पर्वतमा छ करोड रुपैयाँ भित्रियो