महानगरका लागि १३ अर्ब बजेट, यस्ता ठाँउमा खर्च हुने

काठमाडौं । काठमाडौं महानगरपालिकाले ०७६/०७७ का लागि ७ वटा विषयगत क्षेत्रमा १३ अर्ब २ करोड १२ लाख ३७ हजार बजेट प्रस्ताव गरेको छ । याे बजेट आन्तरिकतर्फ ४ अर्व ९० करोड २१ लाख ५७ हजार रुपैयाँ छ ।

 

वाह्य श्रोतबाट ५ अर्ब १९ करोड र अन्य श्रोतबाट १ अर्ब ४ करोड ११ लाख रुपैयाँ बजेट आयको अनुमान गरिएको छ । विकास प्रक्रियामा दीगोपना, स्वामित्व र जनसहभागिता अभिवृद्धि गर्न विकेन्द्रित विकास प्रारुप बमोजिम वडास्तरीय विकास योजना वडा कार्यालयमार्फत सञ्चालन गर्न वडाहरुलाई विभिन्न मापदण्ड तय गरि वडाहरुलाई बजेट दिइएको छ ।

 

जनसंख्या, क्षेत्रफल, कर परिचालन र विकासको अवस्थाको आधारमा वर्गीकरण गरी ठूला वडाहरुलाई ३ करोड रुपैयाँ, मझौला वडाहरुलाई २ करोड रुपैयाँ र साना वडाहरुलाई १ करोड ५० लाख रुपैयाँ विकास अनुदान उपलब्ध गराएको छ ।

 

महानगरपालिकाको नगर–नगर साझेदारी कार्यक्रम अन्तर्गत पार्क, हरियाली र सम्पदा प्रवद्र्धन सम्बन्धी परियोजना सञ्चालन गर्न पहिलो चरणमा काठमाडौं जिल्लाका १० वटै नगरपालिकाहरुलाई १ करोडका दरले सम्झौता गरी साझेदारी कार्यक्रम संचालन गरिएको छ ।

जेठ २६ देखि ३० गतेसम्म बजाजको बाइक किन्दा नगदसँगै यी सामान पाइने Read Previous

जेठ २६ देखि ३० गतेसम्म बजाजको बाइक किन्दा नगदसँगै यी सामान पाइने

लगानी सम्मेलनमा राखिएका ३१ आयोजनालाई २५ खर्ब लगानी प्रस्ताव Read Next

लगानी सम्मेलनमा राखिएका ३१ आयोजनालाई २५ खर्ब लगानी प्रस्ताव