आगामी वर्ष १६ लाख पर्यटक भित्र्याउने सरकारको घोषणा

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ मा १६ लाख पर्यटक भित्राउने घोषणा गरेको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो जानकारी गराएका हुन् ।

नयाँ गन्तव्यको पहिचान र विकास गर्न प्रोफाइल बनाउने उनले बताए । पर्वतारोहण अनुमति प्रणाली स्वचालित बनाइनेसमेत उनले बताए ।

भारत र चीनमा पर्यटकीय लक्षित मेला गर्ने भन्दै उनले सीमावर्ती जिल्लामा यस्तो अभियान चलाइने उनले बताए । उनले पर्यटनमा अधिकांश पुरानै कार्यक्रमहरु प्रस्तुत गरे ।

रामजानकी मन्दिरलाई विवाह हब बनाउने उनले बताए ।

बैदेशिक रोजगारीमा जानेलाई बिनाधितो ऋण Read Previous

बैदेशिक रोजगारीमा जानेलाई बिनाधितो ऋण

सहकारी सञ्‍चालकको सम्पत्ति बेचेर भए पनि बचतकर्ताको पैसा फिर्ता गरिने Read Next

सहकारी सञ्‍चालकको सम्पत्ति बेचेर भए पनि बचतकर्ताको पैसा फिर्ता गरिने