सगरमाथा इन्स्योरेन्सलाई अन्तराष्ट्रिय पुरस्कार

काठमाण्डौ । सगरमाथा इन्स्योरेन्स लिमीटेड इण्डियन च्याम्बर अफ कमर्सको आयोजनामा थाइल्याण्डको बैंककमा हालै सम्पन्न भएको इमरजिङ एशिया इन्स्योरेन्स अवार्ड्स एण्ड कनक्लेभ २०१९ मा स्पेशल रिकग्नीसन अवार्ड फर जनरल इन्स्योरेन्स कम्पनी अफ दि इयर २०१९ विधाबाट पुरस्कृत भएको छ ।

 

गत वर्ष सोही संस्थाबाट यो कम्पनी प्रडक्ट इनोभेसन इन जनरल इन्स्योरेन्सु विधामा पुरस्कृत भएको थियो । अवार्ड वितरण समारोहमा सगरमाथा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले डिग इन ड्राइभर्स एण्ड कस्टुमर विषयक छलफल कार्यक्रममा प्यानलिष्टको भूमिका समेत निर्वाह गरेका थिए ।

 

कम्पनीले चालु आर्थिक वर्षको असारकाे पहिलो सातामै २ अर्ब रुपैयाँ बराबरको बिमा शुल्क संकलन गरिसकेको छ ।

नेपाल लोक स्टारको मुख्य प्रायोजकमा ‘आईएमई’ Read Previous

नेपाल लोक स्टारको मुख्य प्रायोजकमा ‘आईएमई’

युरोप र अमेरिकाबाट आउने रेमिट्यान्सलाई व्यवस्थित गर्छौः सुमन पोखरेलको अन्तर्वार्ता Read Next

युरोप र अमेरिकाबाट आउने रेमिट्यान्सलाई व्यवस्थित गर्छौः सुमन पोखरेलको अन्तर्वार्ता