युनाइटेड इन्स्योरेन्सले २४० प्रतिशत हकप्रद सेयर जारी गर्ने

काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनीले ७२ लाख ५७ हजार ६ सय कित्ता हकप्रद सेयर बिक्री गर्नको लागि धितोपत्र बोर्डबाट अनुमित पाएको छ ।

 

इन्स्योरेन्सले बोर्डबाट २४० प्रतिशत अर्थात १ः २.४ अनुपातमा ७२ करोड ५७ लाख ६० हजार रुपैयाँ बराबरको ७२ लाख ५७ हजार ६ सय कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमित पाएको हो ।

 

हाल ३० करोड २४ लाख रुपैयाँ चुक्ता पुँजी रहेको इन्स्योरेन्सको २४० प्रतिशत हकप्रद बिक्री पछि चुक्ता पुँजी १ अर्ब २ करोड ८१ लाख ६० हजार रुपैयाँ पुग्नेछ । इन्स्योरेन्सको बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ ।

एनएमबि र ओमलाई मर्जर गर्न राष्ट्र बैंकले दियो सैद्दान्तिक सहमति Read Previous

एनएमबि र ओमलाई मर्जर गर्न राष्ट्र बैंकले दियो सैद्दान्तिक सहमति

माछापुच्छ्रे बैंकले पायो ३ अर्वको ऋणपत्र जारी गर्ने अनुमति Read Next

माछापुच्छ्रे बैंकले पायो ३ अर्वको ऋणपत्र जारी गर्ने अनुमति