 
			काठमाडौं । करिब १५ लाख मानिस सेयर बजारमा जोडिएको भनेपनि अहिलेसम्म ११ हजार लगानीकर्ताले मात्रै अनलाइन सेवामा आफुलाई जोडेका छन् ।
अनलाइन कारोवार सुरु भएको ८ महिनाको अवधिमा अनलाइन प्रणालीमा आबद्ध हुने लगानीकर्ताको संख्या ११ हजार १६० पुगेको नेप्सेले जनाएको छ ।
नेप्सेकाअनुसार ब्रोकर नम्बर ५७ आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटीजमा अनलाईन कारोबार प्रणालीको युजर लिने लगानीकर्ताको संख्या सबैभन्दा धेरै १ हजार १७८ जना रहेका छन्। अरुण सेक्युरिटीजमा सबैभन्दाकम १९ जनाले मात्र अनलाईन युजर लिएका छन् ।
ब्रोकरहरुबाट अनलाईन कारोबार प्रणाली लिने औसत संख्या २२३ रहेको छ। जसमध्ये १८ वटा ब्रोकर कम्पनीले औसतभन्दा धेरै संख्यामा खाता खोलेका छन् भने ३२ वटा ब्रोकर कम्पनीमा औसत भन्दा थोरै खाता खुलेका छन् ।

 
                   
             
               
               
				 
               
               
               
                                                             
                                                             
                                                             
                                                             
                                                 
                                                 
                                                 
                                                