दोर्दी –१ को ५५ करोडको प्राथमिक निष्कासन हुने

काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले प्रबद्धन गरेको दोर्दी– १ आयोजनाले करिब ५५ करोड मूल्यको सेयर निष्कासन गर्ने भएको छ ।

 

कम्पनीले लमजुङमा निर्माणाधीन १२ मेगावाटका दोर्दी–१ जलविद्युत आयोजनाको सर्वसाधारण र स्थानीयका लागि छु्ट्याएको सेयर निष्कासन गर्न लागेको हो । सय रुपैयाँमा अंकित ५४ करोड ९६ लाख ६९ हजार ६ सय रुपैयाँ बराबरको ५४ लाख ९६ हजार ६ सय ९६ कित्ता सेयर निष्कासन गर्ने तयारी गरेको कम्पनीले जनाएको छ ।

 

कम्पनीले अहिले १२ मेगावाटको दोर्दी–१ जलविद्युत आयोजना निर्माण गरीरहेको छ । निर्माणधीन आयोजनाबाट २०७६ मंसिरदेखि विद्युत उत्पादन गर्ने लक्ष्य छ । आयोजनाबाट उत्पादन हुने विद्युत नेपाल विद्युत प्राधिकरणले निर्माण गर्ने किर्तिपुर सबस्टेसनमा लगेर जोडिनेछ । सबस्टेसनसम्म आवश्यक ३ किलोमिटर प्रसारण लाइन प्रवद्र्धक कम्पनीले निर्माण गर्नेछ ।

काबेलीको २५ मेगावाट विद्युत साउनदेखि प्रणालीमा जोडिँदै Read Previous

काबेलीको २५ मेगावाट विद्युत साउनदेखि प्रणालीमा जोडिँदै

सिन्धुलीमा पहिलो वायु–सौर्य उर्जा प्रणालीबाट बिद्युत उत्पादन सुरू Read Next

सिन्धुलीमा पहिलो वायु–सौर्य उर्जा प्रणालीबाट बिद्युत उत्पादन सुरू