सगरमाथा इन्स्योरेन्सको ८६ प्रतिशत बोनस पारित

काठमाडौं । सगरमाथा इन्स्योरेन्सले गत आर्थिक बर्ष २०७४/७५ को मुनाफाबाट प्रस्ताव गरेको ८६ प्रतिशत बोनस पारित गरेको छ । काठमाडौंमा सम्पन्न २२ औं वार्षिक साधारण सभाले ४६ करोड २९ लाख ३१ हजार रूपैयाँको बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो । बोनस शेयरमा लाग्ने कर भने शेयरधनी आफैँले तिर्नुपर्नेछ ।

 

हाल कामय ५३ करोड ८२ लाख ९१ हजार ९ सय रूपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको ८६ प्रतिशत बोनस पश्चात बीमा समितिको निर्देशन अनुरूप चुक्तापूँजी १ अर्ब १२ लाख रूपैयाँ पुग्नेछ ।

 

साधारण सभामा कम्पनीका अध्यक्ष रामकृष्ण मानन्धरले बार्षिक प्रतिवेदन पेश गर्दै २०७४/७५ मा कम्पनीले अघिल्लो आर्थिक वर्षको तुलनामा ३०.४४ प्रतिशतले व्यवसायमा बृद्धि गरेको जानकारी दिए।

 

इन्स्योरेन्सले १ अर्ब ८३ करोड ७९ लाख ४४ हजार रूपैयाँ प्रिमियम आर्जन गरी एनफआएसका अनुसार ३३ करोड २९ लाख रूपैयाँ खुद नाफा आर्जन गरेको उनको भनाई छ । अघिल्लो आर्थिक वर्षको तुलनामा खुद नाफा २१.७३ प्रतिशतले बृद्धि गर्न सफल भएको समेत जानकारी दिए ।

 

चालु आर्थिक वर्षको असारको पहिलो सातासम्ममा कम्पनीले २ अर्ब भन्दा बढी प्रिमियम संकलन भएको जानकारी गराउदै चालु आर्थिक वर्षको अन्त्यसम्ममा २ अर्ब १५ करोड रूपैयाँभन्दा बढी प्रिमियम संकलन गर्ने कम्पनीको विश्वास छ ।

 

हालसम्म इन्स्योरेन्स कम्पनीले ५७ वटा शाखा तथा उपशाखा कार्यलयहरुबाट बीमितहरुलाई बीमा सेवा प्रदान गर्दै आएको छ ।

अनलाईन सेयर कारोबारमा जोडीने लगानी कर्ता ११ हजार मात्रै Read Previous

अनलाईन सेयर कारोबारमा जोडीने लगानी कर्ता ११ हजार मात्रै

जनप्रतिनिधि यार्सा टिप्न गएपछि समयमै बजेट आएन Read Next

जनप्रतिनिधि यार्सा टिप्न गएपछि समयमै बजेट आएन