काठमाडौं । धितोपत्र बजारमा विभिन्न दुई संस्थाले कूल ५ करोड ३२ लाख ६० हजार रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएका छन् । नेपाल धितोपत्र बोर्डले आँधीखोला लघुवित्त वित्तीय संस्था र घोडाघोडी लघुवित्त वित्तीय संस्थालाई सो मात्राको आईपीओ निष्काशन गर्न अनुमति दिएको हो ।
बोर्डको अनुमति पाएसँगै अब दुई संस्थाले अंकित मूल्य १०० रुपैयाँ दरको कूल ५ लाख ३२ हजार ६०० कित्ता सेयर जारी गर्ने छन् ।
सो मध्ये आँधीखोलाले कूल ४ करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्ने छ । संस्थाको बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल मार्फत ४ लाख कित्ता सेयर निष्काशन गर्ने भएको छ ।
त्यस्तै, घोडाघोडी लघुवित्तले एक लाख ३२ हजार ६०० कित्ता आईपीओ जारी गर्ने छ । संस्थाले बिक्री प्रबन्धक प्रभु क्यापिटल मार्केटमार्फत एक करोड ३२ हजार ६० हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने छ ।