पर्यटन बोर्डको सीईओ छनोट प्रक्रिया अघि नबढाउन सर्वोच्चको आदेश

काठमाडौं । उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनोट सम्बन्धी कुनै पनि काम तत्काल नगर्न सरकारलाई आदेश दिएको छ ।

न्यायाधीश सुदर्शनराज पाण्डेको एकल इजलासले सोमबार बोर्डका प्रमुख कार्यकारी अधिकृत छनोट सम्बन्धी कुनै पनि काम नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको हो ।

पर्यटन बोर्डमा रिक्त प्रमुख कार्यकार अधिकृत नियुक्तिका लागि छनोट गर्न गठित उपसमितिका सदस्य तथा बोर्ड सञ्चालक समिति सदस्य मिलन देवकोटा र मदनकुमार आचार्यको मनोनयन र छनोट उपसमिति अवैधानिक भएको आदेशमा छ ।

कुन्दन शर्मा मिश्रसमेतको दायर गरेको रिट निवेदनको सुनुवाइपछि बाटाको म्यादबाहेक १५ दिनभित्र विपक्षीका हकमा आफैँ वा प्रतिनिधि राखेर लिखित जवाफ पेस गर्न भनिएको छ ।

अझै पाइन्छ यी ३ कम्पनीको सेयर किन्दा लाभांश Read Previous

अझै पाइन्छ यी ३ कम्पनीको सेयर किन्दा लाभांश

बीमा कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा Read Next

बीमा कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा