बीमा कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले इन्स्योरेन्स कम्पनीहरूमै पहिलो पटक भिडियो मार्फत केवाइसी सुविधा ल्याएको छ ।

केवाइसी सम्ब्न्धी व्यवस्थालाई थप प्रभावकारी बनाउन कम्पनीले कम्पनीले भिडियो केवाइसी को अवधारणा ल्याएको हो । यो सुविधा वैशाख ९ गतेदेखि प्रयोगमा ल्याइएको कम्पनीले जनाएको छ ।

विदेशमा बसोबास गर्ने व्यक्तिहरूको बीमा गर्दा ई-एप्लिकेशन डिक्लारेसन फर्मसहित आवश्यक सबै विवरणहरू अभिकर्ता पोर्टलमार्फत प्राप्त हुन्छ ।

प्रस्तावित बीमितले सम्पूर्ण आवश्यक विवरणहरू अभिकर्ता पोर्टल मार्फत पेश गरेपछि ई- एप्लिकेशन डिक्लारेसन फर्ममा आवश्यक विवरणहरू भरी स्क्यान गरी अनलाइन मार्फत रजिष्टर्ड भएको प्रस्तावमा अपलोड गर्नुपर्नेछ ।

प्रस्तावित बीमितले कम्पनीद्वारा निर्धारण गरिएको विषयमा आफ्नो केवाइसी सम्बन्धी भिडियो बनाएर सिटिजन लाइफमा उक्त पठाउनु पर्नेछ ।

यस भिडियो केवाइसीको सुविधाले बीमा अभिकर्ताहरूलाई व्यवसाय गर्न थप सहज हुने कम्पनीको अपेक्षा छ ।

पर्यटन बोर्डको सीईओ छनोट प्रक्रिया अघि नबढाउन सर्वोच्चको आदेश Read Previous

पर्यटन बोर्डको सीईओ छनोट प्रक्रिया अघि नबढाउन सर्वोच्चको आदेश

चिया निर्यातमा भारतीय अवरोध हट्यो Read Next

चिया निर्यातमा भारतीय अवरोध हट्यो