अझै दुई लघुवित्तले आइपीओ जारी गर्न बाँकी

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार हाल नेपालमा ५५ वटा लघुवित्त वित्तीय संस्थाहरू संचालनमा छन् । तीमध्ये २ वटाले भने सर्वसाधरणमा सेयर (आइपीओ) जारी गर्न बाँकी छ ।

सिरहाको लाहानमा केन्द्रीय कार्यालय रहेको स्वस्तिक लघुवित्त वित्तीय संस्था र दाङको तुलसीपुर केन्द्रीय कार्यालय रहेको सुपर लघुवित्त वित्तीय संस्थाले आइपीओ जारी गर्न बाँकी छ ।

नेपाल राष्ट्र बैंकको व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थाहरूले कम्तीमा ३० प्रतिशत सेयर सर्वसाधरणमा जारी गर्नु पर्नेछ । हालसम्म ५३ वटा लघुवित्तले आइपीओ जारी गरी नेप्सेमा सूचीकृत भइसकेका छन् ।

आइपीओ जारी गर्न बाँकी लघुवित्तमध्ये स्वस्तिकले प्रक्रिया अघि बढाइसकेको छ । यसले धितोपत्र निष्काशनको लागि बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैकिङ लिमिटेडलाई नियुक्त गरेको छ ।

कम्पनीले गत माघ २४ गते धितोपत्र बोर्डमा ८० लाख रुपैयाँ बराबरको ८० हजार कित्ता आइपीओ निष्काशनका लागि आवेदन समेत दिइसकेको छ ।

मधेश प्रदेशस्तरीय स्वस्तिक लघुवित्तको अधिकृत पूँजी ६ करोड र जारी पूँजी २ करोड रुपैयाँ छ । हाल १ करोड २० लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको आइपीओ निष्काशनपघि २ करोड रुपैयाँ पुग्नेछ ।

यस्तै, सुपर लघुवित्त वित्तीय संस्थाले पनि आइपीओ जारी गर्न बाँकी छ । हाल यो लघुवित्तलाई नेपाल राष्ट्र बैंकले मस्याग्रस्त घोषणा गरेर व्यवस्थापन जिम्मा लिएको छ । जसकारण यसको आइपीओ प्रक्रिया अघि बढेको छ ।

यसको खराब कर्जा ८० प्रतिशत माथि रहेको छ । हाल सुपरको चुक्ता पूँजी १ करोड ९५ लाख रुपैयाँ रहेको छ । सर्वसाधरणको हिस्सा ३० प्रतिशत कायम गर्न लघुवित्तले कम्तीमा ५८ लाख रुपैयाँ बढीको आइपीओ जारी गर्नुपर्नेछ ।

तिब्बतसँग सिमाना जोडिएका भू-भागका नेपालीको जीवनस्तर उकास्न चीनले सहयोग बढाउने Read Previous

तिब्बतसँग सिमाना जोडिएका भू-भागका नेपालीको जीवनस्तर उकास्न चीनले सहयोग बढाउने

सोह्रौँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारमा जोड दिने Read Next

सोह्रौँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारमा जोड दिने