लगानी कोषका कर्मचारी र बचतकर्ताले आरोग्य डाइग्नोष्टिकमा ५५ प्रतिशतसम्म छुट पाउने

काठमाडौ । नागरिक लगानी कोष र आरोग्य निलायम मल्टिस्पेशलिष्ट पोलिक्लिनिक एण्ड डाइग्नोष्टिक सेन्टर प्रालि (नयाँबानेश्वर) बीच स्वास्थ परीक्षणमा छुट दिने सम्झौता भएको छ ।

 

कोष र डाइग्नोष्टिक सेन्टरबीच कोषका कर्मचारी, कर्मचारीका परिवार एवं कोषका कार्यक्रमरुमा सहभागी र उनीहरुको परिवारलाई स्वास्थ्य परीक्षणमा छुट दिने सम्झौता भएको हो ।

 

बुधबार कोषका कार्यकारी निर्देशक रमण नेपाल र डाइग्नोष्टिक सेन्टरका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत डा.राजेश देवले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

 

सम्झौता अनुसार डाइग्नोष्टिक सेन्टरमा कोषका कर्मचारी र उनीहरुको परिवारका सदस्यलाई ल्याब सेवामा ३० प्रतिशत, दशैं तिहारमा ल्याब सेवामा ४० प्रतिशत, घरमै नमूना संकलनको सुविधा, अल्ट्रा साउण्ड र इसिजिमा २०/२० प्रतिशत पाउनेछन् ।

 

यसैगरी, माइनर अपरेशनमा १५ प्रतिशत, चिकित्सक परामर्शमा १५ प्रतिशत, वर्षमा एक पटक फुल बडी परीक्षणमा ५५.५६ प्रतिशत र मुख्य अप्रेशन गर्न साझेदार हस्पिटलमा विशेष छुटको व्यवस्था गरिएको छ ।

 

त्यसैगरी कोषका सहभागी र उनीहरुको परिवारका सदस्यहरुलाई ल्याब सेवामा २५ प्रतिशत, दशै र तिहारमा ल्याब सेवामा ३५ प्रतिशत, घरमै नमूना संकलनको सुविधा, अल्ट्रा साउन्ड र इसिजिमा १५ प्रतिशत, एक्सरेमा १५ प्रतिशत, माइनर अपरेसनमा १० प्रतिशत, चिकित्सक परामर्शमा १० प्रतिशत एवं मुख्य अपरेशन गर्न साझेदार हस्पिटलमा विशेष छुट दिने सम्झौतामा उल्लेख छ ।

 

यस सम्झौताले कोषमा विभिन्न योजनाहरुमा सहभागि भएका योगदान कर्ताहरुले लाभ लिन सक्ने छन ।

 

भाटभटेनीले बनायो नेपालमै पहिलोपटक ११ तले पार्किङ, दशैंअघि नै संचालनमा आउने (फोटोफिचर) Read Previous

भाटभटेनीले बनायो नेपालमै पहिलोपटक ११ तले पार्किङ, दशैंअघि नै संचालनमा आउने (फोटोफिचर)

नेपाली बजारमा शौर्य सिमेन्टको विक्री शुरू Read Next

नेपाली बजारमा शौर्य सिमेन्टको विक्री शुरू