नेप्सेमा ग्लोबल आइएमई बैंकको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ग्लोबल आइएमई बैंकको बोनस सेयर सूचीकृत भएको छ ।

नेप्सेमा सोमबार बैंकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट वितरण गरेको बोनस सेयर सूचीकृत भएको हो ।

नेप्सेमा बैंकको १ प्रतिशत अर्थात् ३५ लाख ७७ हजार १०५.९६ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

सूचीकृत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदबिक्री गर्न सक्नेछन् ।

एकदिन पनि टिकेन नेप्सेको हरियाली, दोहोरो अंकको गिरावट Read Previous

एकदिन पनि टिकेन नेप्सेको हरियाली, दोहोरो अंकको गिरावट

जग्गा प्राप्तिमा ढिलाइ हुँदा दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माण अघि बढ्न सकेन Read Next

जग्गा प्राप्तिमा ढिलाइ हुँदा दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माण अघि बढ्न सकेन