एकदिन पनि टिकेन नेप्सेको हरियाली, दोहोरो अंकको गिरावट

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । लगातार ५ दिनमा ६५ अंकले घटेर आइतबार १२ अंकले बढेको नेप्से आज फेरि दोहोरो अंकले घटेको हो ।

अहिले अर्थतन्त्रका अधिकांश सूचकहरू सकारात्मक छन् । बैंकिङ प्रणालीमा अधिक तरलता छ भने ब्याजदर लगातार घट्दो क्रममा छ । तर, सेयर बजार भने दिनप्रति दिन घट्दो क्रममा छ । सरकारले सेयर बजार सुधारका लागि नीतिगत कामहरू अघि नबढाउँदा लगानीकर्ता झन्झन् निराश हुँदै गएका छन् ।

अर्थमन्त्री वर्षमान पुनले पदबहाली लगत्तै सेयर बजारमासमस्या समाधान गर्ने बचन दिएका थिए । तर, २ महिना बित्न लाग्दा समेत कुनै पनि सुधारको थालनी नभएपछि मनोवल झन् गिर्दै गएको लगानीकर्ताहरू बताउँछन् ।

सोमबार नेप्से परिसूचक १५.४१ अंकले घटेर १९६९.०२ बिन्दुमा आइपुगेको छ । यसदिन ३१० कम्पनीको २ अर्ब ५ करोड रुपैयाँ बढीको ५६ लाख ५६ हजार २८२ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटा समूहमध्ये म्युचुअल फण्ड बाहेक अरु सबै समूहको परिसूचक घटेको छ । फाइनान्स समूहको परिसूचक सर्वाधिक २.१० प्रतिशतले घटेको छ ।

आज पनि गोर्खा फाइनान्सको सर्वाधिक कारोबार भएको छ । यसको ११ करोड ५४ लाख रुपैयाँ बढीको १ लाख ५० हजार १३१ कित्ता सेयर किनबेच भएको छ ।

घट्दो बजारमा आज पिपुल्स पावरका सेयरधनीले सर्वाधिक ६.९१ प्रतिशत कमाएका छन् भने दोल्ती पावरका सेयरधनीले ७.३७ प्रतिशत गुमाएका छन् ।

लगानीकर्ता आकर्षित गर्न अध्यादेशबाट ९ वटा कानुन संशोधन गर्ने सरकारको निर्णय Read Previous

लगानीकर्ता आकर्षित गर्न अध्यादेशबाट ९ वटा कानुन संशोधन गर्ने सरकारको निर्णय

नेप्सेमा ग्लोबल आइएमई बैंकको बोनस सेयर सूचीकृत Read Next

नेप्सेमा ग्लोबल आइएमई बैंकको बोनस सेयर सूचीकृत