सीईडीबी हाइड्रोपावरको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ ।

कम्पनी सञ्चालक समितिको वैशाख १० गते बसेको बैठकले आव २०७७/७८ र आव २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई ११ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५८ प्रतिशत नगद गरी कुल ११.५८ प्रतितश लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश पारित गर्न कम्पनीले वैशाख ३१ गते वार्षिक् साधरण सभा बोलाएको छ । कम्पनीको सभा नेवा ब्याम्बो कटेज, हरिसिद्धि, ललितपुरमा बिहान ८ बजे सुरु हुनेछ।

कम्पनीले सभामा लाभां प्रस्तावसहित प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालकहरुको निर्वाचन गर्ने, स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु लैजाने भएको छ ।

कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनका लागि वैशाख १९ गतेदेखि ३१ गतेसम्म बुकक्लोज मिति तोकेको छ । सो अनुसार वैशाख १८ गतेसम्म कायम रहने सेयरधनीले प्रस्तावित लाभांश पाउने छन् ।

आज त्रिभुवन विमानस्थल आधा घण्टा बन्द हुने Read Previous

आज त्रिभुवन विमानस्थल आधा घण्टा बन्द हुने

सोलुखुम्बुको महाकुलुङमा प्याराग्लाइडिङको परीक्षणको अनुमति Read Next

सोलुखुम्बुको महाकुलुङमा प्याराग्लाइडिङको परीक्षणको अनुमति