आज त्रिभुवन विमानस्थल आधा घण्टा बन्द हुने

काठमाडौं । आज काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टा बन्द हुने भएको छ । कतारी राजा शेख तमिम बिन हमाद अल थानी आउने समयमा विमानस्थल आधा घण्टा बन्द गरिने भएको हो ।

उनी दुई दिने नेपाल भ्रमणका लागि आज अपराह्न साढे ४ देखि ५ बजेभित्र नेपाल आइपुग्ने तालिका छ । सोही समयका लागि
‘नोटिस टु एयरमेन’ (नोटाम) जारी गरिएको विमानस्थल कार्यालयले जनाएको छ ।

सामान्यतया राजकीय भ्रमणका बेला अतिविशिष्ट व्यक्ति (भीभीआइपी) पाहुना आउने÷जाने समयमा नोटाम जारी गरिन्छ । यस्तो समयमा अन्य वायुसेवा कम्पनीका जहाजहरुको उडान-अवतरण गरिँदैन । यद्यपि, आकष्मिक उडान अवतरण भने गरिन्छ ।

कतारी राजा आफ्नै निजी जहाजमा आउने बताइएको छ । उनको जहाज राख्न पार्किङ वे समेत खाली गरिने छ । उनी बुधबार फर्किने छन् ।

उनी नेपाल भ्रमण आउने अवसरमा सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ ।

अब बैंकले धितो सकारेको हदबन्दीभन्दा बढीको जग्गा बेच्न पाउने Read Previous

अब बैंकले धितो सकारेको हदबन्दीभन्दा बढीको जग्गा बेच्न पाउने

सीईडीबी हाइड्रोपावरको लाभांश घोषणा, बोनस र नगद कति ? Read Next

सीईडीबी हाइड्रोपावरको लाभांश घोषणा, बोनस र नगद कति ?