राष्ट्रवादको खुट्टामा उभिएको ओलीको राजनीति नै भष्ट्राचारको अविभाज्य अंग बन्दै

यहाँ चर्चा प्रधानमन्त्री केपी शर्मा ओली र उनको सरकार मुछिएका आर्थिक अनियमितताहरुको गर्न खोजिएको छ । तर, कुरा शुरु गरौं उत्तर कोरियाबाट ।

 

उत्तर कोरिया पनि केपी शर्मा ओली जस्तै ‘दैवीय शक्ति’ भएका मानिसहरुबाट शासित देश हो, विगत केही दशकदेखि । भूमण्डलीकरणको युगमा पनि यो देश अलग्गै छ । राजनीतिक र कुटनीतिक सम्बन्धहरु खासै छैनन् । सामान्य मानिसहरुलाई यो देशका बारेमा त्यती थाहा पनि छैन ।

 

तर, उत्तर कोरिया मानिसहरुले सोचे जस्तो अन्य देशहरुसँग त्यती अलग पनि होइन । त्यहाँको सरकारले अफ्ना हजारौं नागरिकहरुलाई विदेशमा काम गर्न खटाउने गर्छ । विशेषगरी मंगोलिया र चीनजस्ता छिमेकी मुलुकहरुका निर्माण क्षेत्रमा कैयौं उत्तर कोरियालीहरु काम गर्छन् । तर फरक चाहिँ के हो भने त्यस्ता कामदारहरुको तलबभत्ता सीधै उत्तर कोरियाली दूतावासले बुझ्छ, उनीहरुलाई दिइँदैन । सामान्य कामदारका अलावा विदेशमा धेरै तलब आउने ‘ह्वाइट कलर’ जागीर गर्ने पनि थुप्रै उत्तर कोरियालीहरु छन् । उनीहरुले पनि दूतावासमा आफ्नो तलब बुझाउँछन् ।

 

केपी ओलीको राजनीति जनताको तहबाट उठेर जनताका लागि गरिने राजनीति होइन । ठूला परियोजनाहरु बनाएर दलाल पोस्ने तर, गरिब जनतालाई लकडाउनको समयमा दुई छाक खुवाउन नसक्ने बरु यस्तो बेलामा समेत भष्ट्राचार गर्ने प्रवृत्ति केपी ओलीको राजनीतिको अविभाज्य अंग हो ।

 

दूतावास आफैंले पनि विदेशमा व्यवसाय सञ्चालन गर्ने गर्छ । नेपालस्थित उत्तर कोरियाली दूतावासले पनि यहाँ २-३ वटा रेष्टुरेन्ट व्यवसायहरु सञ्चालन गरेको थियो । अमेरिकी दबावपछि नेपाल सरकारले दूतावासलाई आफ्ना लगानी फिर्ता लैजान २ पटक आदेश दिएको पनि थियो । यसै सन्र्दभमा मैले उत्तर कोरियाली दूतावासमा फोन गरेर लगानी फिर्ता लैजानु भएको हो कि होइन भनेर सोधेको पनि थिएँ । त्यहाँका कर्मचारीले, ‘तपाईं यो प्रश्नको जवाफ आफ्नै सरकारसँग माग्नुस’ भनेर जवाफ फर्काएका थिए ।

 

जानकारहरुका अनुसार यसरी विदेशमा रहेका उत्तर कोरियालीको तलबभत्ता र दूतावासहरुको व्यावसायीक आम्दानी मासिकरुपमा नेता किम जोङ उनले बुझ्छन् । यो रकम मासिक रुपमा अन्दाजी ५० करोड अमेरिकी डलर हुन आउने पश्चिमा सञ्चारमाध्यमहरुको दाबी छ ।

 

यसरी आएको रकम नेता उनले मुख्य रुपमा आफू शक्तिमा रहन र त्यसलाई झन् ‘बुलन्द’ पार्न खर्च गर्ने गर्छन् । आफ्ना वरिपरीका बफादार मानिसहरुको उचित संरक्षण, हातहतियार निर्माण तथा खरिद, अमेरिका र दक्षिण कोरिया जस्ता देशरुलाई स्थायी शत्रु घोषणा गरेर देशका तमाम भोका नाङ्गा जनतालाई राष्ट्रवादको नामका एकठ्ठा गर्नका लागि यस्ता पैसा खर्च हुन्छन् ।

 

किम जोङ उन जस्तो किसिमका राजनीति गर्छन्, त्यसका लागि पैसा अपरिहार्य साधन हो । यस्तो खाले राजनीतिमा पैसा बिना शक्ति आर्जन हुँदैन ।

 

केपी शर्मा ओलीको राजनीति

 

ओली आफू समकालीन विश्वको (हो, विश्वकै !) चतुर राजनीतिक खेलाडी भएको दाबी गर्छन् रे, आफ्ना भित्रियाहरुमाझ । उनी ट्रम्पलाई व्यापारी र मोदीलाई जोगी मात्र मान्छन् रे ।

 

मेरो विचारमा केपी ओलीको राजनीतिको मुख्य रुपमा दुईवटा आयाम छन् ।

 

ओली राजनीतिको पहिलो आयाम

 

ओली राजनीतिको पहिलो आयाम हो गुटको राजनीति ।

मदन भण्डारीको निधन पश्चात् तत्कालीन एमालेमा मूलभूत रुपमा चार जना नेताहरु प्रभावशाली रहे । माधव कुमार नेपाल, झलनाथ खनाल, केपी शर्मा ओली र बामदेव गौतम ।

 

यी चारजना मध्ये माधव र झलनाथ गुट चलाउन नजान्ने नेतामा पर्छन् भने केपी र बामदेव गुट चलाउन जान्ने ।

 

 गोकुल बास्कोटाको टेप बाहिर आइसकेपछि समेत ओली उनको बचाउमा किन उत्रेका होलान् ? अहिलेको मेडिकल सामग्रीको आयात काण्डमा उनले भानुभक्त ढलाललाई बोलाएर स्पष्टिकरण सोधे ? यती भन्ने व्यापारिक समूहसँग ओलीको किन यति धेरै मोह ? मापसे गरेको मानिसले झोंकमा एक लात्ति हिर्कायो भने भत्किने घरबाट आएका ओलीको बालकोटमा २ रोपनी जग्गामा २ वटा घर कसरी भयो ? सिङ्गापुर, भारत वा अमेरिकामा उनको उपचार कसले र किन गरे ?

 

हामीले सामान्य ढंगले हेर्दा पनि थाहा पाइहाल्ने कुरा के हो भने माधव र झलनाथका वरिपरी स्थायी ढंगले लागिरहेका मानिसहरु उती भेटिँदैनन् । कुनै मुद्दामा नजिक भएपनि केही समय पश्चात् फेरी तितरवितर भइहाल्छन् ।

 

तर, ओली र गौतममा त्यस्तो कुरा लागू हुँदैन । उनीहरुका वरिपरी मानिसहरु स्थायी रुपमै लागिरहेका हुन्छन् ।

 

यसरी स्थायी रुपमा गुट चलाइराख्नका लागि सबैभन्दा महत्वपूर्ण कुरा भनेको आफू वरिपरिको मानिसहरुलाई सधैं संरक्षण गरिराख्नुपर्यो । उनीहरुको लागि आर्थिक लाभका स्रोतहरु जुटाइदिनुपर्यो, आफू सत्तामा हुँदा सन्तुलन मिलाएर सबैलाई अवसर दिनुपर्यो, गुटका मानिसहरुले गैरकानूनी कामहरु गरे भने कानून र प्रशासनको सिकञ्जाबाट जोगाइदिनुपर्यो ।

 

राधे भन्ने एकजना डनले चरी भनिने अर्को डनलाई गोली प्रहार गरेपछि चरीलाई अस्पतालमा हेर्न केपी ओली पुगेको सबैले देखेकै हुन् । पूर्वाञ्चल र मध्माञ्चलकाका दुईजना बस्नेत काजीहरु ओलीको वरिपरी वर्षौंदेखि किन झुम्मिरहेका होलान् ? गोकुल बास्कोटाको टेप बाहिर आइसकेपछि समेत ओली उनको बचाउमा किन उत्रेका होलान् ? अहिलेको मेडिकल सामग्रीको आयात काण्डमा उनले भानुभक्त ढलाललाई बोलाएर स्पष्टिकरण सोधे ? यती भन्ने व्यापारिक समूहसँग ओलीको किन यति धेरै मोह ? मापसे गरेको मानिसले झोंकमा एक लात्ति हिर्कायो भने भत्किने घरबाट आएका ओलीको बालकोटमा २ रोपनी जग्गामा २ वटा घर कसरी भयो ? सिङ्गापुर, भारत वा अमेरिकामा उनको उपचार कसले र किन गरे ?

 

यहाँ भन्ने खाजेको कुरा के हो भने गुटको राजनीतिको अविभाज्य अंग भष्ट्राचार हो । भष्ट्राचार बिना गुटको राजनीति चल्दैन । बेलामौकामा बाहिर आउने काण्डहरु ‘स्वभावीक आकस्मिकता’ मात्र हुन् ।

 

माथि किम जोङ उनको राजनीति यसको उदाहरणका लागि उल्लेख गरिएको हो । जनताका लागि नभएर शक्तिका लागि गरिने राजनीतिबाट भष्ट्राचारलाई छुट्याएर हेर्न सकिँदैन ।

 

वामदेव गौतमको उदाहरण यहाँ सान्दर्भिक हुन्छ । वामदेवलाई एमाले फुटाएर माले गठन गरेपछि तत्कालीन एमालेका एकजना प्रभावशाली नेताले नेपालकै सबैभन्दा ठूलो भष्ट्राचारी भनेर घोषणै गरेका हुन्, खुल्ला मञ्चमै । केही जानेरै भने होलान् । वामदेवको महङ्गा धातुहरु प्रतिको मोहका बारेमा नेपाली जनताहरु ‘वाकिफ’ नै छन् । बामदेव पनि गुट चलाउन जान्ने नेता हुन् ।

 

कांग्रेस तिर आँखा डुलायो भने पनि यो कुरा पुष्टि हुन्छ । हालका कांग्रेसका सभापति शेरबहादुर देउवा पनि गुट चलाउन जान्ने नेता हुन् । उनका वरिपरी पनि धेरै मानिसहरु गुँद झैं टाँसिएर बसेका छन् । कसका छोराछोरीलाई ललितपुरको महङ्गो स्कुलमा भर्ना गराइदिने, कसलाई गाडीघोडा दिने सबै जानेका छन् देउवाले । यसरी गुट चलाउन भष्ट्राचार नगरी संभव होला त ? देउवा र भष्ट्राचार बीचको सम्बन्ध सबैलाई थाहै छ, थप कुरा गर्नै पर्दैन ।

 

केपी ओलीको राजनीतिको दोस्रो आयाम

 

केपी ओलीको राजनीतिको दोस्रो आयाम भनेको स्थायी प्रतिपक्षको हो । उनी माथि उल्लेख गरिएको गुटको बलमा पार्टीमा लामो समयसम्म संस्थापन बिरुद्धको स्थायी प्रतिपक्षको रुपमा रहे । यो कुनै वैचारिक प्रतिपक्ष भने होइन । अवसर र शक्ति सन्तुलनको तर मार्न बनाइएको स्थायी प्रतिपक्ष थियो त्यो ।

 

नेपालमा पूर्वराजा नाच्दा हल्लिने गणतन्त्र आयो । ठिमाहा संघीयता आयो । अनि तारन्तार ठूला पार्टीका ठूला नेताहरुले नै जनमतमार्फत उल्ट्याउन खोजरहेको धर्म निरपेक्षता आयो । यसरी जनताको पक्षमा उठेका परिर्वतका एजेण्डाहरु कमजोर हुँदै जानु नै केपी ओली थप शक्तिशाली हुँदै जानुको प्रमुख कारण भइदियो ।

 

उनले पार्टी निर्माणमा (सांगठनिक र वैचारिक दुवै) खासै भूमिका खेलेका छैनन् । उनका लेख रचनाहरु पनि भेटिँदैनन् । गम्भीर प्रवचनहरु पनि पाइँदैन । पाइन्छ त केबल रुखो र ओठे जवाफ सहितको उखान टुक्का । त्यसैले उनको तल्लो तहका कार्यकर्ताहरु र जनताहरुसँग सम्बन्ध छैन ।

 

गुटको बलमा टिकाइरहेको स्थायी प्रतिपक्षको उनको भूमिकाले तत्कालीन माओवादी शान्ति प्रक्रियामा आएपछि एकाएक धेरै ‘माइलेज’ पाउन थाल्यो । माओवादी केही अग्रगामी एजेण्डा सहित सहर पसेको थियो । तत्कालीन एमालेको संस्थापन पनि त्यही एजेण्डामा लतारिएको थियो ।

 

ओलीले त्यसको आफ्नो स्टाइलमा खुब विरोध गरे । समयक्रमसँगै जब माओवादी नेतृत्व त्यस्ता अग्रगामी एजेण्डाबाट पछि हट्न थाल्यो र कमजोर हुँदै गयो, ती एजेण्डाको विरोधमा आगो ओकलिरहेका ओलीको शक्ति बढ्दै जान थाल्यो । जनताका पक्षका अग्रगामी एजेण्डाहरु भुत्ते बनाउन लागेका प्रतिक्रियावादी समूहको देखिने अनुहारको रुपमा केपी ओलीको उदय भयो ।

 

नेपालमा पूर्वराजा नाच्दा हल्लिने गणतन्त्र आयो । ठिमाहा संघीयता आयो । अनि तारन्तार ठूला पार्टीका ठूला नेताहरुले नै जनमतमार्फत उल्ट्याउन खोजरहेको धर्म निरपेक्षता आयो । यसरी जनताको पक्षमा उठेका परिर्वतका एजेण्डाहरु कमजोर हुँदै जानु नै केपी ओली थप शक्तिशाली हुँदै जानुको प्रमुख कारण भइदियो ।

 

अर्थात्, केपी ओलीको राजनीति जनताको तहबाट उठेर जनताका लागि गरिने राजनीति होइन । ठूला परियोजनाहरु बनाएर दलाल पोस्ने तर, गरिब जनतालाई लकडाउनको समयमा दुई छाक खुवाउन नसक्ने बरु यस्तो बेलामा समेत भष्ट्राचार गर्ने प्रवृत्ति केपी ओलीको राजनीतिको अविभाज्य अंग हो ।

 

भष्ट्राचार बृहत् अवधारणा हो । यो सामान्य आर्थिक अनियमितताको विषय मात्र होइन । यसका राजनीतिक, सामाजिक, साँस्कृतिक र आर्थिक अवयवहरु हुन्छन् । त्यसैले हामीले केपी ओली र उनको सरकारको भष्ट्राचारको चर्चा गर्दा त्यसको जरामा पुग्नका लागि त्यसका बृहत् पाटोहरुमा घोत्लिनै पर्छ ।

 

गोकुल बाँस्कोटा, भानुभक्त ढकाल इत्यादि सामान्य प्रतिनिधि पात्र हुन् । चर्चा गरिन योग्य छैनन् ।

उड्डयन इतिहासमै लामो गन्तव्यको उडान भर्दै नेपाल एयरलाइन्स Read Previous

उड्डयन इतिहासमै लामो गन्तव्यको उडान भर्दै नेपाल एयरलाइन्स

कोरोना उपचारको सामान ल्याउने कम्पनीसँग सरकारले तोड्यो सम्झौता Read Next

कोरोना उपचारको सामान ल्याउने कम्पनीसँग सरकारले तोड्यो सम्झौता