काठमाडौं । सरकारले चीनबाट स्वास्थ्य सामग्री ल्याउने ओम्नी समुहसँगको सम्झौता रद्द गरेको छ । साथै, सरकारले साथै कम्पनीले राखेको ५ करोड रूपैयाँ धरौटी समेत जफत गरेको छ ।
बजार मूल्य भन्दा उच्च दरमा बिना प्रतिस्पर्धा सामग्री खरिद गरेको भनेर सरकार र स्वास्थ्य मन्त्री भानुभक्त ढकालको चौतर्फी बिरोध भएको थियो ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले भनेको समयमा सामग्री ल्याउन नसकेकाले सम्झौता रद्ध गरिएको जानकारी दिए । उनका अनुसार थप सामग्री ल्याउनका लागि फेरि टेन्डर खुला गरिनेछ ।
सरकारले चैत ११ गते २४ घन्टाको सूचनाको आधारमा ओम्नी समुहसँग १ करोड ३ लाख ९४ हजार ४ सय अमेरिकी डलरमा औषधी तथा मेडिकल उपकरण खरिदको सम्झौता गरेका थियो ।
आइतबार नेपाल एयरलाइन्सको जहाज चाटर्ड गरेर पहिलो पटको सामान आएको थियो । जसमा ७ करोड बराबरको स्वास्थ्य उपकरण गुणस्तरहिन समेत पाइएको थियो ।