कृषिमा विदेशी लगानी : स्वदेशी उद्योगको आलो घाउमा सरकारको नुन खुर्सानी

काठमाडौं । सरकारले कृषि क्षेत्रमा वैदेशीक लगानी भित्राउने निर्णय गरेको छ । सो निर्णय तर्फ दुग्ध सहकारी, डेरी एशोसिएसन तथा केन्द्रीय पशुपन्छीपालन क्षेत्रहरुले विरोध जनाएका छन् । राजपत्रमा जारी सो निर्णय खारेज नभए विरोधमा उत्रीने व्यवसायीहरुको भनाइ रहेको छ ।

 

नेपाल डेरी एशोसिएसनका केन्द्रीय अध्यक्ष राधाकृष्ण सापकोटाले  सरकारको कदम विरुद्ध चरणबद्ध रुपमा आन्दोलनमा जाने बताए । डेरीको ३० अर्ब मात्र नभई कृषि, मक्ष, मह लगायतका सबै समग्रीमा ५८ अर्ब रुपैयाँ लगानी कृषि क्षेत्रमा रहेको छ ।

 

स्वदेशी लगानीलाई प्रभाव पर्ने गरी कम्तीमा ५० करोड लगानी गर्नु पर्ने र उत्पादनको ७५ प्रतिशत निर्यात गर्ने शर्तसहित वैदेशिक लगानी भित्राई कृषि उद्योगीहरुलाई छारो हाल्ने निर्णय गरिएको उनले बताए ।

 

विगतमा पनि पटक पटक कृषि क्षेत्रमा वैैदेशिक लगानी भित्राउने प्रयास भएको भन्दै उनले उद्योग व्यवसायीहरुको यस निर्णयमा व्यापक भत्सर्ना गरेको बताए ।वैदेशिक लगानी खुल्ला गरेको कृषि सामग्रीहरु नेपालमै उत्पादन हुने हुँदा त्यसमा ठूलो असर परेको उनी बताउँछन् ।‘घुमाउरो पाटाले पुन चोर बाटोबाट नीत पास भएको छ, निर्णय भएदेखि दिनमा भोक न रातमा निन्द्रा भएको छैन,’ सापकोटाले भने ।

 

देशभर माहुरीपालनमा ४ अर्ब, माछापालनमा करिब ११ अर्ब रुपैयाँ, डेरी उद्योगमा ३० अर्ब रुपैयाँ, दाना तथा कुखुरापालनमा ४० अर्ब रुपैयाँ गरी कुल ८५ अर्ब रुपैयाँका हाराहारीमा लगानी रहेको छ ।

 

सरकारले अधिकारको दुरुपयोग गरी रातारात राजपत्र निकाली निर्णय गरेको भन्दै उनले स्वदेशी व्यवसायको उद्यम विकासमा सरकारले ध्यान पुर्याउनु पर्ने बताए । वैदेशिक लगानीलाई ल्याउनु कृषि क्षेत्रमा ठूलो खतराको घण्टी रहेको उनको बुझाइ छ । आम जनसंख्या कृषि पेशामा रहेको छ ।

 

एफनसीसीआईका वर्तमान कार्यकारी सदसय अरनिको राजभण्डारीले मत्स्यपालन, दुग्ध, महपालनमा देश आत्मनिर्भर तर्फ लागेको हुँदा यस्तो अवस्थामा वैदेशिक लगानी भित्राउनु नहुने बताए ।

 

रातारात राजपत्रमा ल्याउनुमा कुनै गलत रहेको उनले बताए । यो १ वर्ष अघि यही अवस्थाको सृजना भएको थियो । देशमा लगानीको सुरक्षा हुनुपर्ने बताए ।

 

नेपालमा डेरी क्षेत्रले ९ प्रतिशत जीडीपीमा योगदान पुर्याएको छ । ५ लाख किसान दुग्ध क्षेत्रमा आवद्ध छन् । १ हजार ८५० सहकारी यसमा आवद्ध छन् । दुग्ध क्षेत्रमा ३० अर्ब रुपैयाँ लगानी रहेको छ ।

 

सरकारले एक तर्फि ढंगले निर्णय गर्नु आपत्तिजनक रहेको उनले बताए । दूध हरेक वर्ष वृद्धि भएको उनको दाबी छ । ‘गाई र भैँसी दुवैमा दूधको उत्पादन बढेको भन्दै उनले यसमा सरकारले वैदेशिक उद्योग ल्याउन किन खोजेको हो ?,’ राजभण्डारीले भने ।

 

ठूला उद्योगहरुले ७/८ वर्ष अघिदेखिनै नेपालमा कृषि क्षेत्रमा चासो देखाएका थिए । सरकारको जिम्मेवारी नेपालको उद्योग जोगाउनु पर्ने उनले बताए । सरकारले नेपालको उद्योग विदेशमा पुर्याउने सोच्नु पर्नेमा झनै विदेशबाट ल्याउने तयारी गरेको उनले बताए ।

 

‘हामी हाम्रो व्यवसायमा लाग्न चाहान्छौं, आज उद्योगी कस्तो मर्कामा छ । कोरोनाले व्यापार ठप्प भएको ८ महिना भयो सरकारले रिफाइनान्सको कुरा सल्ला गर्नुपर्ने ठाउँमा आलो घाउमा नुन खुर्सानी छर्केको छ,’ राजभण्डारीले भने ।

 

उनले ४ महिना पछि निर्वाचन हुने तयारीमा रहेको बेला निर्वाचन अघि कुनै निर्णय गर्न नपाइने बताए । काम चलाउ सरकारले लोकतान्त्री मारेर चुनाव अघि निर्णय गर्न नमिल्ने उनको भनाइ छ ।

 

विदेशी उद्योग आएपछि नेपाली उद्योगहरुले प्रतिशपर्दा गर्न सक्छन् कि सक्दैनन् नसोची सरकारले वैदेशिक लगानी भित्राउने साजिस गरेको उनले बताए । समयमै यसलाई रोक्नु पर्छ भन्दै उनले विदेशीसँग प्रतिस्पर्धा गर्न सक्ने भएपछि मात्र वैदेशिक लगानी ल्याउनु पर्ने बताए ।

कोरोना लागेका यात्रुलाई जहाज चढाउने निगमका कर्मचारीलाई कारबाही, यात्रुको क्वारेन्टिन खर्च व्यहोर्नुपर्ने Read Previous

कोरोना लागेका यात्रुलाई जहाज चढाउने निगमका कर्मचारीलाई कारबाही, यात्रुको क्वारेन्टिन खर्च व्यहोर्नुपर्ने

बैंकको किस्ता तिर्ने र कर विवरण बुझाउने म्याद ३ महिना थप गर्न महासङ्घको आग्रह Read Next

बैंकको किस्ता तिर्ने र कर विवरण बुझाउने म्याद ३ महिना थप गर्न महासङ्घको आग्रह