काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्स)मा रिडी पावरको हकप्रद सेयर सूचीकृत भएको छ ।
सोमबार नेप्सेमा कम्पनीको ५० प्रतिशत अर्थात् ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद सेयर सूचीकृत भएको हो ।
नेप्सेमा सूचीकृत हकप्रद सेयर सम्बन्धित सेयरधनीहरूको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदबिक्री गर्न सक्नेछन् ।
कम्पनीले गत फागुन १८ गतेदेखि चैत ८ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ दरले ७७ करोड ४४ लाख ५० हजार ६०० रुपैयाँ बराबरको ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको थियो ।