काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
इन्स्योरेन्सले साधरण सभा तथा लाभांश प्रयोजनका लागि भोलि (वैशाख २७ गते) बुकक्लोज मिति तोकेको छ । सो अनुसार आजसम्म कायम रहने सेयरधनीले प्रस्तावित लाभांश पाउने छन् ।
कम्पनीले गत वर्षको नाफाबाट २३.८० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.२५ प्रतिशत नगद गरी कुल २५.०५ प्रतिशत लाभांश घोषणा गरेको छ ।
उक्त लाभांश पारित गर्न इन्स्योरेन्सले जेठ ९ गते वार्षिक साधरण सभा बोलाएको छ । कम्पनीको सभा अमृतभोग केटरर्स कालिकास्थान, काठमाडौंमा बिहान १० बजेदेखि सुरु हुनेछ ।