एचआइडीसीएलको खुद नाफा १ अर्ब बढी, प्रतिसेयर आम्दानी बढ्यो

काठमाडौं । हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडीसीएल)को खुद नाफामा सामान्य वृद्धि भएको छ ।

कम्पनीले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रोे त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ७.९२ प्रतिशतले बढेको छ ।

कम्पनीले चैत मसान्तसम्म १ अर्ब ९ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८ करोड रुपैयाँ बढी हो । कम्पनीले गत वर्षको चैतसम्म १ अर्ब १ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीको खुद आम्दानी बढेसँगै नाफामा पनि सुधार आएको हो । समीक्षा अवधिमा कम्पनीको सम्झौताबाट हुने आम्दानी ६२.६८ प्रतिशतले बढेर १ करोड २६ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, वित्तीय आम्दानी ०.९३ प्रतिशत बढेर १ अर्ब ५८ करोड पुगेको छ भने अन्य आम्दानी २० हजारबाट बढेर १ करोड ८६ लाख रुपैयाँ पुगेको छ।

यस अवधिमा कम्पनीको लाभांशबाट प्राप्त हुने आम्दानी भने १९.३७ प्रतिशतले घटेर १ करोड ७ लाख रुपैयाँमा सीमित भएको छ ।

हाल २२ अर्ब ७७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको रिजर्भ कोषमा २ अर्ब ७९ करोड रुपैयाँ संचित छ ।

नाफा बढेसँगै कम्पनीको प्रतिसेयर आम्दानीमा पनि झिनो सुधार आएके छ । समीक्षा अवधिमा प्रतिसेयर आम्दानी २७ पैसा बढेर ६.३८ रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ११२.२९ रुपैयाँ र मूल्य आम्दानी अनुपात २६.२२ गुणा छ।

 

नारायणगढ-बुटवल सडक कालोपत्र गर्न नेपालकै ठूलो 'हटमिक्स प्लाण्ट' जडान Read Previous

नारायणगढ-बुटवल सडक कालोपत्र गर्न नेपालकै ठूलो 'हटमिक्स प्लाण्ट' जडान

सन नेपाल लाइफको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन Read Next

सन नेपाल लाइफको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन