काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारी रामु पौडेलले पाएका छन् ।
साउन १४ गतेदेखि लागू हुने गरी पौडललाई प्रवक्ता तोकिएको हो । पौडेल हाल राष्ट्र बैंकको कार्यकारी निर्देशक (अधिकृत विशिष्ट श्रेणी) हुन् ।
यसअघि उनी सुपरीवेक्षण विभागमा थिए । उनले अर्थशास्त्रमा एमफिल र व्यवस्थापनमा स्नातकोत्तर उपाधि हासिल गरेका छन् ।
यसअघि राष्ट्र बैंकको प्रवक्तामा डा. गुणाकर भट्ट थिए ।