सेयर खरिदमा आक्रमक बन्दै लगानीकर्ता, १ घण्टामै सवा ६ अर्बको कारोबार

काठमाडौं । लगानीकर्ता सेयर खरिदमा आक्रमक बनेका छन् । सोमबार सेयर बजार खुलेको १ घण्टामै सवा ६ अर्ब रुपैयाँको सेयर किनबेच भएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज १२ बजेसम्म ६ अर्ब २० रुपैयाँको १ करोड ६० कित्ता सेयर किनबेच भएको छ । यसआधारमा औसतमा प्रतिमिनेट करोड १० करोड ३३ लाख रुपैयाँ सेयर किनबेच भएको छ ।

गत असार १७ गतेदेखि निरन्तर उकालो लागेको नेप्से शुक्रबार नेपाल राष्ट्र बैंकले खुकुलो मौद्रिक नीति जारी गरेपछि झनै छलाङ हानेको छ । आइतबार एकैदिन ११३ अंकले बढेको थियो ।

राष्ट्र बैंकले मौद्रिक नीतिबाट संस्थागत तर्फको २० करोडको सीमा खारेज गरिदिएको छ । त्यस्तै, राष्ट्र बैंकले मौद्रिक नीतिमा ब्याजदर घटाउन सहयोग पुग्ने गरी बैंकदर र नीतिगत दर घटाएको छ । बैंकहरुले साउन मसान्तसम्म उठाएको ब्याज अघिल्लै आवमा देखाउन पाउने, असल कर्जाको नोक्सानी व्यवस्था १.२० प्रतिशतबाट १.१० प्रतिशतमा घटाएको, रिटेल पोर्टोफोलियोको सीम बढाएर साढे २ करोड पुर्याउने लगायत व्यवस्था गरेको छ । जसकारण सेयर लगानीकर्ता हौसिएका हुन् ।

त्यस्तै, कात्तिकदेखि बैंकहरूले लगातार ब्याजदर घटाइरहेका छन् । अहिले बैंकको औसत बेसरेट नै ८ प्रतिशतमा झरिसकेको छ । एकल अंकमै कर्जा पाउने अवस्था छ । त्यस्तै, बैंकिङ प्रणालीमा अधिक तरलता छ । अर्थतन्त्रका सूचकमा पनि लगातार सुधार आइरहेको छ ।

सुधारोन्मुख अर्थतन्त्रका सूचक, खुकुलो मौद्रिक नीति आउने अनुमान र राजनीतिक स्थिरता छाउने आशामा लगानीकर्ता धमाधम सेयर किन्न थालेका छन् ।

राष्ट्र बैंकको प्रवक्ता फेरिए, पौडेलले पाए जिम्मेवारी Read Previous

राष्ट्र बैंकको प्रवक्ता फेरिए, पौडेलले पाए जिम्मेवारी

पृथ्वी राजमार्गमा ५ वर्षमा सडक दुर्घटना आधा घट्यो, मृत्यु हुनेको संख्या भने उस्तै Read Next

पृथ्वी राजमार्गमा ५ वर्षमा सडक दुर्घटना आधा घट्यो, मृत्यु हुनेको संख्या भने उस्तै