एकैपटक ५२ सडक र पुल आयोजनाको ठेक्का तोडिँदै

कठमाडौं । तोकिएकै समयमा निर्माण सम्पन्न हुन नसकेका ५२ वटा आयोजनाको ठेक्का तोडिने भएको छ ।

संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय अन्तर्गत सडक डिभिजन कार्यालय चरिकोटबाट व्यवस्थापन भई निर्माण कार्य अघि बढाइएका आयोजनाको ठेक्का तोड्ने प्रक्रिया अघि बढाएकाे हो ।

डिभिजना कार्यालयले सार्वजनिक सूचना जारी गर्दै समयमै काम सम्पन्न नगरेका निर्माण कम्पनीसँगको ठेक्का तोड्ने प्रक्रिया सुरू गरिएकाे जानकारी गराएको हो ।

डिभिजनले ५२ वटा सडक र पुलको काम सम्पन्न नगर्ने निर्माण कम्पनीलाई ठेक्का किन नतोड्ने भन्दै स्पष्टीकरण सोधेको छ ।

पटक-पटक लिखित र मौखिक रुपमा ताकेता गर्दा पनि समयमै काम सम्पन्न नगरेपछि ठेक्का तोड्ने प्रक्रिया अघि बढाएको कार्यालयले जनाएको छ ।

डिभिजनले आगामी १५ दिन भित्र समयमै काम सम्पन्न गर्न नसक्नुको कारणसहित उपस्थित हुन कम्पनीहरुलाई अल्टिमेटम दिएको छ ।

कारण र आधार चित्तबुझ्दो नभए निर्माण कम्पनीलाई ठेक्का तोडी कालोसूचीमा राखिने कार्यालयले जनाएको छ ।

लघुवित्तको आम्दानीमा राष्ट्र बैंकको कैँची, यस्ता छन् ६ नयाँ व्यवस्था Read Previous

लघुवित्तको आम्दानीमा राष्ट्र बैंकको कैँची, यस्ता छन् ६ नयाँ व्यवस्था

राष्ट्र बैंकको प्रवक्ता फेरिए, पौडेलले पाए जिम्मेवारी Read Next

राष्ट्र बैंकको प्रवक्ता फेरिए, पौडेलले पाए जिम्मेवारी