बिग मर्जरः पुँजीले मात्रै बैंक बलियो हुँदैन, एसबिआई र पञ्जाब नेशनलबाट सिकौँ

श्रृङ्खला-२

 

पहिलो श्रृङ्खला: बिग मर्जरः नीति, नेतृत्व र अन्यौलता

 

पछिल्लो समय विभिन्न अनलाइन र छापा मिडियाहरुमा हरेक दिन जस्तो ‘बैंकासुरेन्स’ भनिने हास्यास्पद सम्झौताको खबर पढ्न पाइन्छ । बैंक र बीमाबीच हुने यस्ता सम्झौताहरुमा हरेक दिन बैंकका कार्यकारी वा उच्च अधिकारीहरुले समय दिइरहेका हुन्छन् । र, फोटो खिचाई ‘मिडिया माइलेज’को पनि लोभ गरिरहेका भेटिन्छन् । वर्षको अन्तमा गरिने क्यालेण्डर सार्वजनिक कार्यक्रमको पनि आफ्नै महिमा छ ।

 

पछिल्लो समय त झन् बैंक र अस्पतालका सम्झौता समेत हुन थालेका छन् । ‘फलानो बैंकमा खाता खोलौं र ढिस्कानो अस्पतालमा छुट पाऔं टाइपका’ ।

 

कुनै एउटाले शुरु गरेको यो चलन सबैले सिको गर्न थालेका छन् । सायद अब स्कूल र कलेजहरुसँगको सम्झौताको पालो हो कि ?

 

लगातार ३ वटा त्रैमासमा घाटा ब्यहोरेको बैंकले चौथो त्रैमाससम्म ( सन् २०१८ को अक्टोबरदेखि डिसेम्बरसम्म) सबैलाई चकित पार्ने गरि २ अर्ब ४७ करोड भारु खुद नाफा कमाएको थियो ।

 

देशको अर्थतन्त्रको मेरुडण्ड भनेर चिनिने बैंकका कार्यकारी र उच्च अधिकारीकहरु किन यस्ता फुटकर काममा समय दिइरहेका छन् ? गम्भिर रुपले गर्नुपर्ने काम खासै नभएर ? वा बैंक भनिने संस्था जस्तो हुनुपर्ने हो नेपालमा त्यस्तो नभएर ?

 

के हो बैंक ?
बैंक कस्तो र कत्रो हुनुपर्छ भन्ने बहस गर्दा बैंकिङ आफैंमा एउटा सामान्य ब्यवसाय हो वा अन्य ब्यवसाय भन्दा फरक र विशिष्ट किसिमको ब्यवसाय हो भन्ने प्रश्न महत्वपूर्ण हुन्छ ।

 

अन्य ब्यवसाय जस्तै हो भने, बैंक पनि जोसुकै सामान्य ब्यवसायीले पनि खोल्न पाउने भयो र मुनाफालाई ‘बटमलाइनमा’ राख्न सक्ने भयो । बैंक डुब्दा सर्वसाधारण र सरकारलाई पनि खासै वास्ता नहुने भयो । सरकारी संयन्त्रले नियमन गर्नु नपर्ने भयो । र, डुबेको खण्डमा बैंक उकास्न ‘बेल आउट’ गर्नेदेखि ब्यवस्थापन नै हातमा लिन पनि नपर्ने भयो ।

 

कुनै रेष्टुरेन्ट डुब्दा सरकारले ‘बेल आउट’ गर्ने वा ब्यवस्थापनको जिम्मा लिने काम त गर्दैन नि !

 

तर, बैंकिङ सर्वसाधारणको निक्षेप र भरोसाको आडमा अन्य ब्यवसायहरु जन्माउने विशिष्ट खालको ब्यवसाय हो । मानव शरिरमा मुटुले रक्तसञ्चार गराए झैं वित्तिय साधन र स्रोतहरु अर्थतन्त्रको कापाकापामा पु¥याउने क्षेत्र । र, आधुनिक अर्थतन्त्रको मेरुडण्ड । अमेरिकाको ‘लेहम्यान ब्रदर्स’ भन्ने बैंक डुब्दा विश्वब्यापी आर्थिक मन्दी नै शुरु भएको तथ्य हाम्रै अगाडि छ ।

 

त्यसैले बैंक एकदमै बलिया हुनुपर्छ
आधुनिक अर्थतन्त्रमा यस्तो महत्वपूर्ण भूमिका लिएर बसेका बैंकहरु निकै नै बलिया हुनुपर्ने हुन्छ । गर्भनर चिरञ्जीवी नेपालले ‘सानो ढुङ्गाले टुक्क हान्दा पनि ढल्ने’ जस्तो बैंकले अब नेपालको अर्थतन्त्रलाई सहयोग गर्न नसक्ने सार्वजनिक रुपमै बताउँदै आएका छन् । अर्थमन्त्री युवराज खतिवडाले पनि बैंकहरु धेरै भएको र यसको संख्या घटाउनु पर्ने पक्षमा ओकालत गर्दै आएका छन् । यी टिप्पणीमा दुईमत हुँनै सक्दैन ।

 

निरभ मोदी नाम गरेका एक जना भारतीय ब्यवसायीले पञ्जाव नेशनल बैंकमा २ अर्ब ८० करोड भारु ठगी गरेको बताइन्छ । यद्यपी उनको ठगीले बैंकलाई भने १ खर्ब १० अर्ब भारुको नोक्सानी भएको बताइन्छ, जुन उक्त त्रैमासको (सन् २०१७ को अक्टोबर देखि डिसेम्बरसम्म) बैंकको खुद नाफा भन्दा झण्डै ५० गुणा बढी थियो । तर, त्यसको करिब १ वर्षपछि नै बैंकले लय समातेको छ । र, लगातार ३ वटा त्रैमासमा घाटा ब्यहोरेको बैंकले चौथो त्रैमाससम्म ( सन् २०१८ को अक्टोबरदेखि डिसेम्बरसम्म) सबैलाई चकित पार्ने गरि २ अर्ब ४७ करोड भारु खुद नाफा कमाएको थियो । ५ अर्ब ५२ करोड भारु चुक्ता पुँजी भएको बैंकको जगेडा कोषमा ४ खर्ब ५ अर्ब भारु रहेको छ ।

 

नेपालमा केही समयअघि घरजग्गा कारोबार बढेका बेला केही सीमित ब्यवसायीले यो ‘सेक्टर’मा लिएका अधिक कर्जाका कारण केही बैंक डुबे, कहिल्यै नउठ्ने गरी ।

 

यसैगरी ‘रमाइलो समयको राजा’ भनेर चिनिएका कुनै समयका चर्चित भारतीय ब्यापारी विजय माल्याले भारतीय बैंकहरुको झण्डै १ खर्ब भारु झ्वाम पारे । उनको एसबिआई बैंकमा मात्र १६ अर्ब भारु बक्यौक्ता रहेको बताइन्छ । बैंकले उनको ऋण ‘राइट अफ’ गरिसकेको छ । र, आफ्नै ब्यवसायीक लयमा फर्किसकेको छ । झण्डै ९ अर्ब भारु चुक्ता पुँजी रहेको एसबिआई बैंकको जगेडा कोषमा २० खर्ब १८ अर्ब भारु रहेको छ ।

 

नेपालमा केही समयअघि घरजग्गा कारोबार बढेका बेला केही सीमित ब्यवसायीले यो ‘सेक्टर’मा लिएका अधिक कर्जाका कारण केही बैंक डुबे, कहिल्यै नउठ्ने गरी । ग्राण्ड बैंक, किष्ट बैंक, भिबोर विकास बैंक, गोर्खा डेभलपमेन्ट बैंक, क्यापिटल मर्चेन्ट बैंक, सेयर मार्केट फाइनान्स, क्रिष्टल फाइनान्स आदि केही उदाहरण हुन् ।

 

नियामक निकायको कमजोरीका अलावा बैंक र वित्तिय संस्थाको आफ्नै जोखिम बहन गर्न सक्ने क्षमता कमजोर भएको र आकारपनि सानो भएका कारण ती संस्था डुबे । तर, बलियो भएका कारण पञ्जाव र एसबिआई बैंक बौरिएर आए ।

 

के ले बनाउँछ बैंकलाई बलियो ?
बैंकहरुको शक्ति जाँच्नका लागि बिभिन्न अध्ययनहरुले बिभिन्न सूचक र बिधिहरु तय गरेका छन् । तर, सामानयतः बैंकहरुको क्षमता पुँजी, सम्पत्तिको गुणस्तर, तरलता र कमाईको आधारमा जाँच्न सकिन्छ ।

 

१. पुँजी
पुँजी बैंकको क्षमता जाँच्ने महत्वपूर्ण आधार हो । पुँजी र जगेडाकोषमा भएको रकमलाई बैंकका जोखिमसँग अभिब्यक्त गर्दा आउने सूचक ‘क्यापिटल एडिक्वीसी रेसियो’ले बैंकको जोखिम बहन गर्न सक्ने क्षमता बताउँछ । यो सूचक जति बढि भयो बैंक बैंक त्यती नै बलियो हुन्छ । नेपाल राष्ट्र बैंकले बैंकहरुका लागि यो सुचक न्युनतम ११ प्रतिशत हुनुपर्छ भनेको छ । बैंकसँग जति धेरै पुँजी र जगेडाकोष भयो यो सूचक त्यती नै धेरै हुन्छ ।

 

२. तरलता
पुँजीपछि संस्थागत क्षमताको महत्वपूर्ण कडी तरलता हो । पछिल्लो समय नेपालका बैंकहरुमा लगानी योग्य पुँजीको अभाव बारम्बार दोहोरिने समस्या भएको छ । पुँजीले ठूला वित्तिय जोखिम सोस्नका लागि भुमिका खेल्छ भने तरलताले बैंकको दैनिक कारोबार प्रभावकारी ढंगले सञ्चालन गर्न सघाउँछ ।

 

३. सम्पत्तिको गुणस्तर
बैंकको सम्पत्ति भनेको कर्जाको गुणस्तर हो । खराब कर्जामा परिणत नहुने, प्रोभिजनमा राख्न नपर्ने कर्जाहरुले नै बैंकको अन्र्तनिहित क्षमताको जाँच गर्ने हुन् ।

 

४. कमाई
अन्य ब्यवसाय झैं बैंकको पनि स्वास्थ्य जाँच्ने महत्पूर्ण सूचक भनेको नाफा हुँदैहो । ‘रिर्टन अन एसेट्स’, ‘रिर्टन अन इक्विटी’, प्रति सेयर आम्दानी जस्ता सूचकहरुले बैंकको नाफाको मापन गर्छन् । क्रमश…

नेपाली जुत्ताघरमा एसईई उत्तिर्ण विद्यार्थीलाइ ५० प्रतिशतसम्म छुट Read Previous

नेपाली जुत्ताघरमा एसईई उत्तिर्ण विद्यार्थीलाइ ५० प्रतिशतसम्म छुट

हेलम्बुमा पर्यटकीय पदमार्ग निर्माण शुरु Read Next

हेलम्बुमा पर्यटकीय पदमार्ग निर्माण शुरु