 
			साथी छन् मेरा एकजना, ठूलो भुँडी भएका । सन्तुलित भोजन नगरेको, खाने बेलामा धेरै लोभ गरेको र ब्यायाम नगरेको हुनाले भुँडी ठूलो भएको तथ्य उनले आत्मसाथ गरेका छन् ।
भुँडी ठूलो भएपछि आउनसक्ने शारिरिक समस्या प्रति सचेत भएका छन्, उनी अहिले । त्यसैले दैनिक ३ घण्टा ब्यायाम गर्छन्, खानपिनमा धेरै सचेत छन् । आफुले पहिले गरेको गल्ति महशुस गर्दै त्यसलाई सच्याउन लागि परेका छन् । समझदार छन् । बिवेकशील छन् ।
उनले आफ्नो भुँडी ठूलो हुनुको कारण भुँडी भित्रकै मांशपेशीहरुलाई दोष दिए के होला ? अनी तुरुन्तै ती मांशपेशीहरुलाई ‘देखाइदिन’ भुँडी करौंतीले रेट्न थाले के होला? सोच्नुस् त !
सोच्दै गर्नुस् ।
पिएचडी गरेका मानिसहरुलाई तुरुन्तै ‘विज्ञ वा विद्’ को पगरी गुथाइन्छ । त्यसैले नेपालमा सबै क्षेत्रमा अत्यन्तै धेरै विज्ञ र विद्हरु भेटिन्छन् ।
पिएचडी सबथोक हो ?
अब पिएचडीधारी र पिएचडी कै बारेमा केही चर्चा गरौं है । किनभने पिएचडी अधिकाशं अवस्थामा अक्षमता लुकाउने खास्टो भैसकेको छ नेपालमा ।
पिएचडी बौद्धिकताको र गाडी-घोडा हैसियत र समृद्धिको मानक हुन्छ नेपाल जस्तो गरिब र पछौटे समाजमा ।
पिएचडीधारीहरुले अरुको तुलनामा समाजमा बढि स्वीकार्यता र विश्वास पाउँदैं आएका छन् । उनीहरुको कामको र भुमिकाको प्रभावकारीताको बारेमा प्रश्न गर्न मानिसहरु हिच्किचाउने गरेका छन् । उनीहरुलाई मानिसहरु ‘सर्वज्ञ’ मान्छन् ।
पिएचडी गरेका मानिसहरुलाई तुरुन्तै ‘विज्ञ वा विद्’ को पगरी गुथाइन्छ । त्यसैले नेपालमा सबै क्षेत्रमा अत्यन्तै धेरै विज्ञ र विद्हरु भेटिन्छन् ।
अर्थशास्त्रमा पिएचडी गरेकाहरु तुरुन्तै अर्थविज्ञ भइहाल्छन् । र, विज्ञ हुने बित्तिकै उनीहरु ‘बजेट विष्लेषण’ जस्तो ‘महत्वपूर्ण’ कर्म गरेर आफ्नो विज्ञता झल्काउन आतुर हुन्छन् ।
राजनीतिक दस्ताबेजको के नै विष्लेषण हुन्छ र ?
भाषामा राम्रो पकड भएको कुनै नवप्रवेशी आर्थिक पत्रकारले काम शुरु गरेको दोस्रो वर्षदेखि नै कथित आर्थिक विज्ञको भन्दा ‘राम्रो’ बजेट विष्लेषण गर्न सक्छ ।
विज्ञले त अनुसन्धान गर्ने हो । प्रतिष्ठित राष्ट्रिय अन्तर्राष्ट्रिय जर्नलहरुमा लेख–रचना प्रकाशित गर्ने हो । महत्वपूर्ण डबलीहरुमा कार्यपत्र प्रस्तुत गर्ने हो । नविनतम खोजका लागि घोत्लिने हो । फगत बजेट विष्लेषण गर्ने होइन । त्यसको विष्लेषण गर्न राजनीतिक दलहरुमा धेरै विष्लेशकहरु छन् ।
सन्दर्भ गर्भनरको
नेपाल राष्ट्र बैंकका गर्भनर चिरञ्जीवी नेपाल पनि गर्भनर हुनुभन्दा पहिले ‘अर्थविद्’ थिए । उनले पिएचडी गरेका छन् ।
पिएचडी गरेका मानिस, धेरै जानेका होलान्, सर्वज्ञ होलान भनेर स्व सुशील कोइरालाले तत्कालिन अर्थमन्त्री अर्का डाक्टर रामशरण महतको चर्को असहमतिका बावजुद गर्भनर बनाएका होलान् ।
‘लभ’, ‘बिहे’ जस्ता हास्यास्पद, हल्काफुल्का र ‘जेनेरिक’ टाइपका रुपक र बिम्बहरुले बैंक मर्जर जस्तो अर्थतन्त्रलाई दीर्घकालिन प्रभाव पार्ने जटिल प्रविधिक विषय समेट्न सक्दैनन् ।
तर, उनको पछिल्लो अभिब्यक्ति ‘बैंकको भन्दा लघुबित्तको सेयर मूल्य किन धेरै ?’ भन्ने कुराले उनको क्षमतालाई देखाएकै छ ।
राष्ट्र बैंक चलाउने भनेको प्रविधिक विषय हो । यो अंकको खेल हो । भारत, अमेरिकालगायत विश्वका अन्य देशहरुमा गर्भनरको प्रज्ञिक पृष्ठभुमि कस्तो हुन्छ, ‘गुगल’ गरे सहजै बुझिन्छ ।
कथित ‘बिग मर्जर’
गर्भनरले पछिल्लो समय अत्यन्तै चर्को ढंगले उठाएको बैंक मर्जरको विषयलाई सबै सरोकारवालाहरुले सचेत भएर मूल्याङकन गर्नु जरुरी छ । पिएचडीधारीलाई दिदैं आएको सुविधा यीनले पनि प्रयोग गरेभने समग्र वित्तिय क्षेत्र नै धराशायी हुन बेर लाउन्न ।
‘लभ’, ‘बिहे’ जस्ता हास्यास्पद, हल्काफुल्का र ‘जेनेरिक’ टाइपका रुपक र बिम्बहरुले बैंक मर्जर जस्तो अर्थतन्त्रलाई दीर्घकालिन प्रभाव पार्ने जटिल प्रविधिक विषय समेट्न सक्दैनन् ।
अघिल्लो पटक डाक्साबले बैंक मर्जर गर्ने हेतुले नै बैंक र वित्तीय संस्थाको पुँजी बढाउने निर्णय गरेका थिए । तर, बाणिज्य बैंकको संख्या घटेन । सबैले हकप्रद जारी गर्दै पुँजी बढाए । यसले अर्थतन्त्रको अन्य क्षेत्रमा लगानी हुने पुँजी बैंकको पुँजी बनेर थुप्रियो र अन्तत तरलता अभावको स्थितिलाई थप बल दियो भनेर चर्चा भइरहेकै छ ।
त्यसपछि गर्भनर एवं राष्ट्र बैंकका उच्च अधिकारीहरुले ‘हत्तेरी, हकप्रदबाट पुँजी बढाउन नपाउने प्रावधान ल्याउन पर्ने रहेछ, गल्ती भयो’ टाइपका अभिब्यक्ति ‘टाउको कन्याउँदैं’ सार्वजनिक रुपमै दिइसकेका छन् । अब यता चर्चा गरिरहनु बेकार हो ।
नेपालमा बैंकको संख्या बढी भएको तथ्य कसैले नकारेको छैन । राष्ट्र बैंकले भने जस्तो १५ वटा पनि होइन ४-५ वटा बलिया बैंकले नेपालको अर्थतन्त्रको इन्जिनलाई चुस्त ढंगले गति दिन सक्छ भन्ने मलाई लाग्छ । तर, यो मेरो सामान्य बुझाई हो ।
राष्ट्र बैंकको भूमिका
राष्ट्र बैंकले यसमा अध्ययन गर्नुपर्छ । हाम्रो आगामी १५–२० वर्षको आर्थिक गन्तब्य कहाँ हो ? त्यो गन्तब्यमा पुग्नका लागि कति प्रतिशतको वार्षिक आर्थिक बृद्धिदरको आवश्यकता पर्छ ? त्यसका लागि कति लगानी लाग्छ ? त्यति लगानी गर्न कति वित्तिय स्रोतहरु चाँहिन्छ ? अनी ति वित्तिय साधन र स्रोतहरुको संकलन तथा परिचालन गर्ने बैंक तथा वित्तिय संस्थाहरु कति र कत्रा हुनुपर्छ ? ति संस्थाहरु प्रविधिक क्षमताको हिसाबले कस्ता हुनुपर्छ ? त्यहाँ काम गर्ने उच्च अधिकारीलगायत समस्त कर्मचारीहरु कस्ता योग्यता र क्षमताले सु–सज्जित हुनुपर्छ ?
लगानी र वित्तिय स्रोतको संकलन तथा परिचालनको त्यस्तो परिस्थिति निर्माण गर्न ब्याजदर र मुद्रास्फितिलाई कसरी र कतिमा सन्तुलित राख्ने ? यस्ता विषयहरुमा गम्भिर अध्ययन भएर त्यसैका आधारमा मर्जरको नीति अवलम्बन गरिनुपर्छ भन्ने लाग्छ ।
‘जर्बजस्ती गर्ने’, ‘तुस पाल्ने’, ‘चित्त दुखाउने’, ‘भावनामा बग्ने’, ‘आवेसमा आउने’, ‘रिसले चुर हुने’ जस्ता मानवीय संवेदनाका कमजोरीहरुलाई हतियार बनाएर बैंक मर्जरमा जाँदा भोलि ति संस्था धराशायी भए कसले जिम्मेवारी लिने ?
सुब्बासाहेबले बनाउनु भएको ४ वटा ‘पावर प्वाइन्ट स्लाइड’ का आधारमा यति दिन भित्र जसरी पनि मर्ज गर भन्न मिल्दैन ।
संख्या घटाउनका लागि त्यसका फाइदा र चुनौतिहरुका बारे गम्भिर प्रविधिक अध्ययनहरुको जरुरी छ । नीति नियमका कुराहरु होलान् । बैंकहरुलाई सुविधाहरु दिएर मर्ज हुनका लागि दिइने प्रोत्साहनका कुराहरु होलान् ।
‘जर्बजस्ती गर्ने’, ‘तुस पाल्ने’, ‘चित्त दुखाउने’, ‘भावनामा बग्ने’, ‘आवेसमा आउने’, ‘रिसले चुर हुने’ जस्ता मानवीय संवेदनाका कमजोरीहरुलाई हतियार बनाएर बैंक मर्जरमा जाँदा भोलि ति संस्था धराशायी भए कसले जिम्मेवारी लिने ?
‘जेनेरिक’ कुराहरु गरेर, उखानहरु भनेर राजनीति गर्नेले जनता हसाउँने र उनीहरुको ध्यान खिच्ने हो । राष्ट्र बैंकको नेतृत्व र उच्च अधिकारीहरु ‘स्पेसिफिक’ र ‘सिरियस’ हुनु आवश्यक छ ।
बैंक मर्जरका अर्न्तनिहित जटिलता
भिन्न भिन्न संस्थाहरुबीच फरक संस्कृति हुनु, मूल्य र मान्यताहरुमा फरक पर्नु, उच्च कार्यकारी तथा संचालकहरुको स्वार्थ बाझिनु, रणनीति र कार्यनीतिहरुमा फरक हुनु र गन्तब्य मै फरक पर्नु सामान्य हुन् । संस्था मर्जगर्दा यी दुरीलाई कम गर्दै ‘कमन ग्राउण्ड’ खोज्नु पर्छ । बैंक मर्ज गर्नु भनेको वासलातका अंकहरु जोड्नु मात्र होइन ।
कमजोरी स्विकारौ र सुधारौ
बैंकका प्रमुख कार्यकारी र अध्यक्षहरुलाई बोलाएर हप्काउनुको अर्थ के हो ? उनीहरुले राष्ट्र बैंकबाटै बैंक सञ्चालनको अनुमति लिएर बैंक चलाएका हुन् ।
बिगतमा लाइसेन्स बाँढ्ने गल्ती भएका छन् भने त्यसलाई आत्मसात गर्दै सुर्धार्ने साहस गर्नैपर्छ । अरु माथि थोपर्न मिल्दैन । त्यसैले बिगतमा भएका गल्ती स्विकार गरौ र सुधार गरौँ ।
यतिका बैंक तथा वित्तिय संस्थालाई कसले र किन लाइसेन्स दिइयो ? कुत खाने प्रवृत्ति र नीतिगत भष्ट्राचारका पहेलीहरु आफ्ना ठाउँमा होलान् ।
डाक्साबले मैले होइन अघिल्ला गर्भनरहरुले लाइसेन्स दिएका हुन् भनेर भन्न मिल्दैन । राष्ट्र बैंक जस्तो संस्थाको संस्थागत जवाफदेहिता हुन्छ । आफ्नै ‘इन्सटिट्युशनल मेमोरी’ हुन्छ ।
बिगतमा लाइसेन्स बाँढ्ने गल्ती भएका छन् भने त्यसलाई आत्मसात गर्दै सुर्धार्ने साहस गर्नैपर्छ । अरु माथि थोपर्न मिल्दैन । त्यसैले बिगतमा भएका गल्ती स्विकार गरौ र सुधार गरौँ ।
पत्रकारीताको गम्भिरता
यहाँ विषयलाई आवश्यकता भन्दा बढी गम्भिर र प्रचारमुखी बनाउने काम मिडिया र त्यस सम्बद्ध पत्रकार बन्धुहरुले गरिरहेका छन् । यहाँ मिडियाले पनि गर्भनर र राष्ट्र बैंकको क्षमता र बिवेकको मात्र भर नपरि बैंक मर्जरका सबै पाटोहरु पर्गेल्न खट्नैपर्छ ।
र, ‘ठुल्दाईको बिहा आउनै लाग्यो, बाले खसी ल्याए, मासु–मासु खानुपर्छ’ भनेर केटाकेटी रमाए जस्तै गर्भनरले बैंक मर्ज गर्न लागे, समाचार लेख्नै पर्छ भन्ने मान्यताभन्दा अलिक फरक पाटोबाट यसको प्रभावका विषयमा गम्भिर हुन आवस्यक छ । क्रमश…
(यसलाई तपाईहरु माझ हामीले सिरिजको रुपमा प्रकाशन गर्ने छौं । यसर्को अर्कोखण्ड आगामी मंगलवार प्रकाशन गरिने छ ।)
 
                   
             
               
               
				 
				 
               
               
               
                                                             
                                                             
                                                             
                                                             
                                                 
                                                 
                                                 
                                                