विश्व धान दिवसः स्वादका कारण चामल आयत बढ्यो, ३ वर्षमा आत्मनिर्भर असम्भव

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा ३० अर्ब ५८ करोड ४० लाख रुपैयाँ बराबरको चामल आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ । यस अवधिमा ७२ करोड ३१ लाख केजी बराबर धान तथा चामल आयात भएको हो ।

 

वर्षेनी धान तथा चामल आयात बढ्दो छ । नेपालमा आज सोह्रौँ धान दिवस मनाइ रहँदा धानमा आत्मनिभरताको विषय केलाउनु स्वभाविक हुन्छ ।

 

गत आर्थिक वर्षमा ६९ करोड २६ लाख केजी धान तथा चामल २७ अर्ब ५२ करोड ४१ लाख रुपैयाँ मूल्य बराबरको आयात भएको थियो । अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षमा ३ अर्ब बराबरले आयात बढेको हो ।

 

चालु आर्थिक वर्षमा कुल ५६ लाख १० हजार मेट्रिकटन धान उत्पादन भएको कृषि विभागका महानिर्देशक सूर्य प्रसाद पौडेलले दाबी गरे ।

 

प्रधानमन्त्री कृषि परियोजना अन्तर्गत लिइएको तथ्यांकले समेत धानको उत्पादकत्व वृद्धि हुन नसकेको देखाएको छ । चालु आर्थिक वर्षमा प्रधानमन्त्री कृषि परियोजना अन्तर्गत धानको उत्पादन ३.७५ मेट्रिकटन प्रतिहेक्टर भएको छ । चालु आर्थिक वर्षको अन्तिमसम्ममा १.५ प्रतिशतले धानको उत्पादकत्व बढ्ने कृषि मन्त्रालयको अनुमान रहेको छ ।

 

आर्थिक वर्ष २०७४/७५ सालमा धानको प्रतिहेक्टर उत्पादकत्व ३.९२ मेट्रिकटन रहेको थियो भने, आर्थिक वर्ष २०७३/७४ मा ४.२६ मेट्रिकटन प्रतिहेक्टर रहेको प्रधानमन्त्री कृषि परियोजनाको तथ्यांकले देखाउँछ ।

 

नेपाललाई ३ वर्षमा खाद्यान्नमा आत्मनिर्भर बनाउने योजना प्रभावकारी हुन सकेको देखिदैन । प्रधानन्त्री कृषि परियोजना अन्तर्गत उत्पादनहरु प्रत्येक वर्ष १० प्रतिशतले बढाउदै लैजाने लक्ष्य राखिएकोमा धानको उत्पादन हरेक वर्ष घट्दो क्रममा रहेको छ ।

 

यस्तो छ कृषि विभागको तथ्यांक
यस्तै कृषि विभागले भने २०७५/७६ मा ९ प्रतिशतले धान उत्पादन वृद्धि भएको दाबी गरेको छ । विभागका अनुसार चालु आर्थिक वर्षमा ४ लाख ५८ हजार मेट्रिकटन धान उत्पादन बढेको छ ।

 

चालु आर्थिक वर्षमा कुल ५६ लाख १० हजार मेट्रिकटन धान उत्पादन भएको कृषि विभागका महानिर्देशक सूर्य प्रसाद पौडेलले दाबी गरे । उनका अनुसार यो आर्थिक वर्षमा धान उत्पादनमा मात्र वृद्धि नभई धान खेति हुने क्षेत्रफलमा समेत अघिल्लो वर्षको तुलनमा १.५ प्रतिशतले वृद्धि भएको छ ।

 

उनले चालु आर्थिक वर्षमा नेपालभर ४० लाख मेट्रिकटन चामल आवश्यक पर्ने अनुमान गरिएको जानकारी दिए ।
अहिले नेपालको आवश्यकता ३४ लाख मेट्रिकटन चामल हो । हाम्रो आफ्नो उत्पादनबाट ६ लाख मेट्रिकटन चामल अपुग हुने गरेको पौडेलले बताए ।

 

‘हामीलाई अपुग ६ लाख मेट्रिकटन मात्र चामल हो तर, त्यो पनि प्रधानमन्त्री कृषि आयोजनाको उत्पादन अलि बढाउन सक्यो भने नेपालकै उत्पादनले चामलको आवश्यता पुरा गर्न सकिन्छ,’ महानिर्देशक पौडेलले भने ।

 

‘अबको १ वर्षमा मात्र हैन ३/४ वर्षमा पनि धानमा आत्मनिर्भर हुन सकिदैन, जनताले सस्तो र स्वाद अनुसार खोज्छन् हामीले आयात चामल नखाउँ भन्न मिल्दैन,’ रेग्मीले भने ।

 

कृषि मन्त्रालयका वरिष्ठ तथ्यांक अधिकृत रामकृष्ण रेग्मीका अनुसार धानको उत्पादन वर्षेनी बढ्ने क्रममा रहेको छ । तर, मानीसको खानाको बानी परिवर्तन भएकाले उनिहरुले खोजेको गुणस्तर नपाएको हुनसक्छ ।

 

‘हामी पहिला मकै, कोदो खान्थ्यौँ चामल महिनामा एक चोटी मुस्किलले खाइन्थ्यो, अहिले सबै दिनमा ३ छाकै भात खान्छन् यसले चामलको माग बढ्दो छ, जुन नेपालको उत्पादनले पुर्याउन नसकेर आयात गर्नु परेको छ,’ रेग्मीले चाणक्यपोष्टसँग भने ।

 

जनसंख्या बढ्दै जाने जमिन खन्डिकरण हुँदै जाने हुँदा त्यसले उत्पादनमा असर गरेको उनको बुझाई छ । उनले अबको १ वर्षमा धानमा आत्मनिर्भर हुने कुरा सम्भव नभएको बताए ।

 

‘अबको १ वर्षमा मात्र हैन ३/४ वर्षमा पनि धानमा आत्मनिर्भर हुन सकिदैन, जनताले सस्तो र स्वाद अनुसार खोज्छन् हामीले आयात चामल नखाउँ भन्न मिल्दैन,’ रेग्मीले भने ।

 

धानको उत्पादन क्षेत्रको अवस्था
प्यूठानका प्रधानमन्त्री कृषि आयोजनाका वरिष्ठ कृषि अधिकृत भाष्कर पौडेलका अनुसार यो आर्थिक वर्षमा गत वर्षको तुलनामा १० प्रतिशत बढीले धान उत्पादन भएको छ । उनले चालु आर्थिक वर्षमा प्यूठान जाने अन्तर्गत २४ सय ७४ हेक्टर क्षेत्रफलमा १० हजार ७ सय ४१ मेट्रिकटन धान उत्पादन भएको बताए । चालु आर्थिक वर्षमा प्यूठान जोन अन्तर्गत ३.८७ मेट्रिकटन प्रतिहेक्टर उत्पादन वृद्धि भएको हो ।

 

गत आर्थिक वर्षमा धान उत्पादन जोनको क्षेत्रफल कम भएकाले उत्पादन समेत कम भएको उनले बताए । गत आर्थिक वर्षमा २२ सय ३५ हेक्टर क्षेत्रफलमा ३.६७ मेट्रिकटन प्रति हेक्टर उत्पादन रहेको थियो ।

 

‘हामीले लक्ष्य अनुसार प्रत्येक वर्ष १० प्रतिशतले धानमा उत्पादन वृद्धि गरिरहेका छौँ, हामीले मात्र गरेर आत्मनिर्भर हुँदैन, सबै तिर यस्तै वृद्धि गर्दै लान सकियो भनेमात्र आत्मनिर्भर सम्भव छ,’ पौडेलले चाणक्यपोष्टसँग भने ।

 

‘यो वर्ष कृषि यन्त्रको प्रयोग भरपुर गरिएकाले धानको उत्पादनमा वृद्धि भएको छ, अबको दिनमा यसलाई वृद्धि गर्दै लैजानेछौँ,’ पराजुलीले चाणक्यपोष्टसँग भने ।

 

यस्तै बर्दिया जोनका वरिष्ठ कृषि अधिकृत विरेन्द्र पराजुलीका अनुसार चालु आर्थिक वर्षमा २ लाख २८ हजार मेट्रिकटन धान उत्पादन भएको छ । उक्त जोनमा ५० हजार हेक्टर क्षेत्रफलमा धान उत्पदान भएको थियो । गत वर्ष कृषि यन्त्र नभएकाले उत्पादनमा कम भए पनि यो वर्ष बढ्दो क्रममा रहेको उनले बताए ।

 

उनले गत वर्षको तुलनामा यो वर्ष ६० हजार मेट्रिकटन बढि धान उत्पादन भएको दाबी गरे ।

 

‘यो वर्ष कृषि यन्त्रको प्रयोग भरपुर गरिएकाले धानको उत्पादनमा वृद्धि भएको छ, अबको दिनमा यसलाई वृद्धि गर्दै लैजानेछौँ,’ पराजुलीले चाणक्यपोष्टसँग भने ।

साताको सेयर बजार: मौद्रिक नीतिको पर्खाइ कि बिग मर्जरको अन्यौलता Read Previous

साताको सेयर बजार: मौद्रिक नीतिको पर्खाइ कि बिग मर्जरको अन्यौलता

बिग मर्जरः नीति, नेतृत्व र अन्यौलता Read Next

बिग मर्जरः नीति, नेतृत्व र अन्यौलता