साताको सेयर बजार: मौद्रिक नीतिको पर्खाइ कि बिग मर्जरको अन्यौलता

काठमाडौं । सेयर बजार पछिल्ला केही हप्तामा स्थिर देखिन्छ । बजेटअघि गति लिन थालेको बजार बजेटपछि केही सुस्ताए झैं देखिएको छ । लगानीकर्ताहरु मौद्रिक नीतिको प्रतिक्षामा रहेझैं देखिन्छन् । अथवा ‘बिग मर्जर’ को अन्यौलतामा फसेका पनि हुनसक्छन् ।

 

गत साता नेप्से ७ अंकले ओरालो लागेको छ । यद्यपी कारोबार रकम भने अघिल्लो साताभन्दा करिब ३० प्रतिशतले बढेको छ ।

 

गत साता कारोबारको आधारमा हिमालयन डिस्टिलरी अग्रस्थानमा रहेको छ । मूल्यका आधारमा शिखर इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीले गत बर्षको नाफाबाट लाभांश नबाढ्ने निर्णय गरेपछि लगानीकर्ता उक्त कम्पनीबाट बिच्किएका हुन् । कम्पनीले ‘एनएफआरएस’ लेखा पद्धतिका अनुसार नाफाबाट कमाएको पैसा जगेडा कोषमा थप्नु पर्ने हुनाले गत बर्षको नाफाबाट लाभाशं बाँढ्न नमिल्ने बताएको छ ।

 

गत साता कम्पनीको सेयर मूल्य प्रति कित्ता ८ सय ६ रुपैंयाँबाट झरेर ७ सय ४० रुपैंयाँमा आइपुगेको छ ।

 

त्यसैगरी स्पर्श लघुबित्त र सगरमाथा इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले पनि गत हप्ता ७ प्रतिशत भन्दा बढिले गुमाएका छन् ।

 

उता, गणपति माइक्रोफाइनान्सका लगानीकर्ताले साताभरमा ३३.७४ प्रतिशतले कमाएका छन् । नेपाल एग्रो र जनउत्थान सामुदायीक लघुबित्तका लागानीकर्ताले पनि २४ प्रतिशत भन्दा बढिले कमाएका छन् ।

 

साताभर नेपाल बैंकको सबैभन्दा धेरै ४ लाख ८३ हजार कित्ता सेयर कारोबार भएको थियो । दोस्रो स्थानमा रहेको प्रभु बैंकको ४ लाख ३४ हजार कित्ता सेयर कारोबार भएको थियो ।

थाई एयर एशियाले बैंकक–काठमाडौं उडानको पहल गर्दै Read Previous

थाई एयर एशियाले बैंकक–काठमाडौं उडानको पहल गर्दै

विश्व धान दिवसः स्वादका कारण चामल आयत बढ्यो, ३ वर्षमा आत्मनिर्भर असम्भव Read Next

विश्व धान दिवसः स्वादका कारण चामल आयत बढ्यो, ३ वर्षमा आत्मनिर्भर असम्भव