नेपाली जुत्ताघरमा एसईई उत्तिर्ण विद्यार्थीलाइ ५० प्रतिशतसम्म छुट

नेपालका चर्चित स्वदेशी ब्राण्डहरु शिखर सुज, बिएफ डियरहिल सुज, क्रस रोड, कोसेली छाला जुत्ता उद्योग, सफ्टटच सुज, लेदर विड्डस, टाकुरा सुज, इजी शुज, टम टेलर र शुल्याण्ड सहितको ब्राण्डहरु एकै छानामुनी रहेको नेपाली जुत्ताघरले २०७५ सालको एसईईमा उत्तिर्ण विद्यार्थीहरुका लागि उच्च शिक्षाका लागि छात्रवृत्ति कार्यक्रम ल्याएको छ । यस योजनामा ग्राहकवर्गहरुले नेपाली जुत्ताघर मार्फत जुनसुकै ब्रण्डको जुुत्ताचप्पल खरिद गर्दा पाउने लक्की ड्र कुपन मार्फत भाग्यशाली विद्यार्थीले छात्रवृत्ति पाउनेछन् ।

विगतमा पनि नेपाली जुत्ता घरले यस्तैखाले विभिन्न सामाजिक कार्यहरु गर्दैआइरहेको छ, नेपाली जुत्ताघरले प्रारम्भिक बाल विकास केन्द्रकी संस्थापक पुष्पा बस्नेतलाई सो संस्थामा आश्रीत बालबालीकाका लागि जुत्ता सहयोग गरेको थियो, यस्तै विभिन्न प्रकृतिक प्रकोपका बेला पनि आर्थिक तथा भौतीक सहयोग गर्दैआइरहेको छ । यसै आर्थिक वर्षदेखी जुत्ताघरबाट बिक्री भएको जुत्तामा प्रतिजोर २ रुपैया संकलन गरी एउटा शैक्षीक छात्रवृत्ति अक्षयकोषको स्थापना गर्न लागिएको छ । एसईई छात्रवृत्ति योजना अन्र्तगत पहिलो पुरस्कार नगद छात्रवृत्ति पचास हजार, एकजनालाई, दोस्रो पुरस्कार नगद छात्रवृत्ति २५ हजार दुईजनालाई, तेस्रो पुरुष्कार नगद छात्रवृत्ति १० हजार पाँच जनालाई र सान्त्वना पुरस्कार दुईजोर कलेज ड्रेस जुत्ता, २० जनालाई उपलब्ध गराईनेछ ।

यो योजनामा सहभागी हुन जुत्ता खरिद गर्दाको अर्धकट्टी कुपन अनिवार्य पेश गर्नुपर्नेछ । साथै विद्यार्थी भएको परिचयपत्र, प्रमाणपत्र पेश गर्नुपर्नेछ । यो उपहार योजना नतिजा २०७६ भाद्र १ गते नेपाली जुत्ताघर जमलमा प्रत्यक्ष खोलिनेछ । यो उपहार योजना घोषणा भएको १५ दिनभित्र प्रमाण पेश गरी लगिसक्नुपर्नेछ, अन्यथा कम्पनी छात्रवृत्ति दिन बाध्य हुनेछैन । बिजेताको नाम, कुपन नम्बर राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित गरिनेछ ।

 समरसेल अफर २०७६ काे सुरूवात
यस वर्षको समरसेल मेला सुरु भएको छ । ग्राहकवर्गको चाहना र मागलाई ध्यानमा राखी बिगतका ६ वर्ष देखि संचालित नेपाली जुत्ता चप्पलहरुको बृहद् समरसेल मेला यस वर्ष पनि मंगलबारबाट सुरु भएको छ । नेपाली जुत्ता घरको जमल, महाराजगञ्ज, कुमारीपाटी, बुद्ध मल बालाजु स्थीत आफ्नै बिक्रि कक्षमा स्टक रहुन्जेल सम्मका लागी यो योजना सञ्चालन भएको छ ।

समरसेल २०७६ मा नेपाली जुत्ता उद्योगहरु बाट उत्पादीत गुणस्तरिय जुत्ता चप्पलहरु निश्चित समयको लागी १५ देखी ५० प्रतिशत सम्मको बिशेष छुट र ३०० देखी बिशेष सहुलियत सहित आश्चर्यजनक प्रतिस्पर्धि मुल्यमा बिक्रि खरिद गर्न सकिनेछ । यस समरशेलको उद्धेश्य नेपाली जुत्ता चप्पलहरुको प्रत्यक्ष प्रयोगकर्ता बढाई आगामी दिनमा तयारी जुत्ता चप्पलहरुको आयात लाई न्युनिकरण गर्न सहयोग पुर्याउनुनै रहेको छ । साथै आम जनमानसमा रहेको सेल मेला भनेको कम्पनीको स्टकमा रहेका पुराना तथा बिग्रीएका जुत्ताहरु बिक्रि गर्ने बुझाई भनौ या गलत भ्रम लाई चिर्नका लागी कम्पनीका गुणस्तरीय एवं आकर्षक जुत्ताहरुलाई विशेष छुटका साथ यो मेलामा बिक्रि गर्न लागिएको होे । यस मेलालाई उपभोक्ताले सर्व सुलभ मुल्यमा नेपाली जुत्ता तथा चप्पल प्रयोग गर्ने बानीको बिकासको लागी एक अनुपम थलो हुने विश्वास जुत्ताघरले लिएको जुत्ताघरका अध्यक्ष होमनाथ उपाध्यायले बताए ।

यो समर सेल मेलामा नेपालका चर्चित ब्राण्डहरुः शिखर सुज, बिएफ डियरहिल सुज, क्रस रोड, कोसेली छाला जुत्ता उद्योग, सफ्टटच सुज, लेदर विङ्स, टाकुरा सुज, इजी शुज, टम टेलर र शुल्याण्ड गरि १० वटा ब्राण्डका जुत्ता चप्पल हरु बिक्रि वितरण गरिनेछ । उक्त ब्राण्डहरुका आकर्षक एवं गुणस्तरिय अफिसियल जुत्ता, क्याजुअल जुत्ता, स्पोर्टस जुत्ता, बुटहरु, स्कुल तथा कलेजका युनिफर्म जुत्ताका साथै जेन्टस तथा लेडिज स्याण्डलहरु यस योजनामा उपलब्ध हुनेछन । यो समर सेल मेलामा करीव १ लाख देखी १ लाख ५० हजार को हाराहारीमा ग्राहकहरुले अवलोकन गर्ने र करीव ४० देखी ५० हजार जोर जुत्ता चप्पल हरु बिक्रि गर्ने कम्पनीको लक्ष्य रहेको छ ।

निजगढ विमानस्थल निर्माण तीन चरणमा गर्न नयाँ प्रस्ताव Read Previous

निजगढ विमानस्थल निर्माण तीन चरणमा गर्न नयाँ प्रस्ताव

बिग मर्जरः पुँजीले मात्रै बैंक बलियो हुँदैन, एसबिआई र पञ्जाब नेशनलबाट सिकौँ Read Next

बिग मर्जरः पुँजीले मात्रै बैंक बलियो हुँदैन, एसबिआई र पञ्जाब नेशनलबाट सिकौँ