काठमाडौँ । प्राइम कमर्सियल बैंक लिमिटेडले काठमाडौंमा दुई नयाँ एक्सटेन्सन काउन्टर स्थपना गरेको छ ।
बैंकले आफ्ना सेवाग्राहीलाई सहजता प्रदान गर्ने उद्देश्यले काठमाडौंको गोकर्णेश्वर नगरपालिकाको हनुमान चोक र कागेश्वरी मनोहरा नगरपालिका–३, भद्रवासमा एक्सटेन्सन काउनटर संचालनमा ल्याएको हो ।
हनुमान चोक एक्सटेन्सन काउन्टरको उद्घाटन स्थानीय उद्योगी, व्यवसायी, समाजसेवी लगायतको उपस्थितिमा गोकर्णेश्वर नगरपालिका–४ का वडाअध्यक्ष जयराम महतले गरे ।
त्यसैगरी, भद्रवास काउन्टरको उद्घाटन कागेश्वरी मनोहरा नगरपालिका–३ का वडाअध्यक्ष राममणि पुडासैनीले गरे ।
बैंकका प्रमुख कार्यकारी अधिकृत संजीव मानन्धरले आफ्ना ग्राहकहरुलाई थप चुस्त, प्रविधिमैत्री र गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता जनाए ।
नयाँ २ एक्सटेन्सन काउन्टरसहित बैंकको शाखा संख्या १८९ र एक्सटेन्सन काउन्टर संख्या ५ पुगेको छ ।