नेपालमा लगानी गर्न भारतीय लगानीकर्तालाई प्रधानमन्त्री दाहालको आग्रह

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय उद्यमी/व्यवसायीलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् ।

भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री दाहालले सोमबार ‘फेडेरेसन अफ इन्डिया च्याम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्री’ ९फिक्की) प्रतिनिधिमण्डलसँगको भेटवार्तामा यस्तो आग्रह गरेका हुन् ।

उनले नेपालको पर्यटन, कृषि, ऊर्जा लगायत क्षेत्रमा लगानीको प्रचुर सम्भावना रहेकोले ढुक्क भएर लगानी गर्न आग्रह गरे । उनले नेपाल सरकारले कानुनी संरचनालाई व्यापक सुधार गरेर लगानीका लागि उपयुक्त वातावरण सिर्जना गरेको बताए ।

‘लगानी सम्मेलनका क्रममा हामीले विभिन्न कानुनहरू अध्यादेशबाट संशोधन गरेका छौँ, त्यसले लगानीका क्षेत्रमा संरचनागत एवं संस्थागत सुधार भएको छ । ढुक्क भएर लगानी गर्न आग्रह गर्दछु,’ प्रधानमन्त्री दाहालले भने ।

भारत सरकारसँग १० वर्षमा १० हजार मेगावाट विद्युत् बिक्री गर्ने दीर्घकालीन सम्झौता भइसकेको अवस्थामा नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न उपयुक्त हुने उनले बताए ।

फिक्कीका अध्यक्ष अनिस शाहले नेपालको ऊर्जा, पर्यटन र सौर्य ऊर्जामा लगानी गर्न आफूहरू उत्साहित रहेको बताए ।

प्राइम कमर्शियल बैंकद्धारा काठमाडैंमा दुई एक्सटेन्सन काउन्टर विस्तार Read Previous

प्राइम कमर्शियल बैंकद्धारा काठमाडैंमा दुई एक्सटेन्सन काउन्टर विस्तार

विदेशी मुद्रा संचिति हालसम्मकै धेरै, १५ महिनाको आयात धान्ने Read Next

विदेशी मुद्रा संचिति हालसम्मकै धेरै, १५ महिनाको आयात धान्ने