सेञ्चुरी बैंकका तत्कालीन अध्यक्ष राजेश श्रेष्ठसहित ८ जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले साविकको सेञ्चुरी कमर्शियल बैंकका तत्कालीन अध्यक्ष राजेश श्रेष्ठसहित ८ जना पक्राउ गरेका छन् ।

सीआइबीले बैंकिङ कसुरको मुद्दा अनुसन्धानका उनीहरूलाई पक्राउ गरेकाे हो । पक्राउ पर्नेमा श्रेष्ठसहित रमेश कुमार निरौला, रणबहादुर श्रेष्ठ, सुनिलकुमार न्यौपाने, प्राडा गीता प्रधान, राजेश कुमार दली, उमाकुमारी श्रेष्ठ र शिवगोपाल रिसाल रहेका छन् ।

सीआइबीले यसअघि धितोभन्दा बढी कर्जा प्रवाह गरेको आरोपमा गत फागुन १५ गते सेञ्चुरीका बैंकका तत्कालीन सीईओ मनोज न्यौपाने र तुलसी गौतमसहितका १० कर्मचारी पक्राउ गरेको थियो । उनीहरू चैत १ गते हाजिरी जमानीमा छुटेका थिए ।

सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका देउराली बहुउद्देदेश्यीय सहकारी संस्थाका अध्यक्ष रवीन्द्र चौलागाईंको बयानका आधारमा उनीहरूलाई पक्राउ परेका थिए ।

सेञ्चुरीले देउराली सहकारीमा २ अर्ब रुपैयाँ ऋण लगानी गरेको थियो । उक्त ऋण लगानी गर्दा१ अर्ब १४ करोड २३ लाख हजार रुपैयाँ बराबरको मात्र धितो राखिएको थियो । धितो मूल्यांकभन्दा ९७ करोड रुपैयाँ धेरै ऋण लगानी भएको अनुसन्धानबाट देखिएको छ ।

सेञ्चुरी बैंक गत वर्ष हालको प्रभु बैंकसँग गाभिएको थियो ।

नेप्सेमा कमब्याक, यी कम्पनीको मूल्यमा पोजेटिभ सर्किट Read Previous

नेप्सेमा कमब्याक, यी कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

प्राइम कमर्शियल बैंकद्धारा काठमाडैंमा दुई एक्सटेन्सन काउन्टर विस्तार Read Next

प्राइम कमर्शियल बैंकद्धारा काठमाडैंमा दुई एक्सटेन्सन काउन्टर विस्तार