नेप्सेमा कमब्याक, यी कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । सेयर बजारमा कमब्याक भएको छ । गत बुधबारदेखि लगातार ओरोलो लागेको नेप्से आज झण्डै ९ अंकले फर्केको हो ।

सोमबार नेप्से परिसूचक ८.९० अंकले बढेर २०८२.०९ बिन्दुमा पुगेको छ । सूचकसँगै कारोबार रकममा पनि बढोत्तरी भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ३१ करोड रुपैयाँ बढेर ५ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ ।

आज ३१४ कम्पनीको १ करोड १६ लाख ३४ हजार ६१८ कित्ता सेयर किनबेच भएको छ ।

कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ७ समूहको परिसूचक बढेको छ भने ६ को घटेको छ । आज हाइड्रोपावर उपसमूहको परिसूचक सर्वाधिक २ प्रतिशतले बढेको छ भने म्युचुअल फण्डको परिसूचक ३.७४ प्रतिशतले घटेको छ ।

आज एनआरएन इन्फ्रास्ट्रक्चर कम्पनीको सर्वाधिक कारोबार भएको छ । यसको ४१ करोड ८७ लाख रुपैयाँको ६ लाख २७ हजार ६७६ कित्ता सेयर किनबेच भएको छ ।

कारोबारमा आएका मध्ये १७६ कम्पनीको सेयर मूल्य बढेको छ भने ६१ कम्पनीको घटेको छ ।

बढ्दो बजारमा आज ३ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । कुथेली बुखरी स्मल हाइड्रोपावर, त्रिशूली जलविद्युत् र पिपुल्स पावरको सेयर मूल्य १० प्रतिशत बढेको छ ।

आज जानकी फाइनान्सका सेयरधनीले भने सर्वाधिक ८.६७ प्रतिशत गुमाएका छन् ।

४ हजार मेगावाट बिजुली प्रवाह गर्ने ढल्केबर-इनरुवा प्रसारण लाइन निर्माण सम्पन्न Read Previous

४ हजार मेगावाट बिजुली प्रवाह गर्ने ढल्केबर-इनरुवा प्रसारण लाइन निर्माण सम्पन्न

सेञ्चुरी बैंकका तत्कालीन अध्यक्ष राजेश श्रेष्ठसहित ८ जना पक्राउ Read Next

सेञ्चुरी बैंकका तत्कालीन अध्यक्ष राजेश श्रेष्ठसहित ८ जना पक्राउ