५ रुपैयाँको ३५ करोड थान नयाँ नोट छाप्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले ५ रुपैयाँ दरको ३५ करोड थान नयाँ नोट छाप्ने भएको छ ।

राष्ट्र बैंकले एक सूचना जारी गर्दै ५ रुपैयाँको १ अर्ब ७५ करोड रुपैयाँ बराबरको नोट छपाइका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको हो ।

यसका वैशाख २८ गते प्रि-बिडिङ गरिने राष्ट्र बैंकले जनाएको छ । इच्छुक कम्पनीले जेठ २१ गते १२ बजेसम्म गोप्य बोलकबोल पेस गर्नुपर्ने छ ।

बोलकबोलको पेश गर्दा २ करोड १० लाख रुपैयाँ बराबर धरौटी राख्नुपर्ने छ ।

चितवन माछा, मासु, दूध र अण्डामा आत्मनिर्भर Read Previous

चितवन माछा, मासु, दूध र अण्डामा आत्मनिर्भर

अब बैंकले धितो सकारेको हदबन्दीभन्दा बढीको जग्गा बेच्न पाउने Read Next

अब बैंकले धितो सकारेको हदबन्दीभन्दा बढीको जग्गा बेच्न पाउने